ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

शिव–गोविन्द हत्या प्रकरण : जन्मकैद सजाय भोगिरहेकालाई आममाफी

-तुलमान गुरूङ

by केशव भट्टराई
२०७७ फाल्गुन १०, सोमबार ११:४० गते
in प्रमुख समाचार
0
कैदीलाई आममाफी दिएर पीडितलाई झन् पीडा
154
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । एकै घरका दुई दाजुभाइको हत्यामा संलग्न दोषीलाई सरकारले आममाफी दिएको भन्दै तत्कालीन तरूण दल चितवनका अध्यक्ष शिव पौडेलको परिवारले आपत्ति जनाएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं–१० निवासी पौडेल र उनका भाइ गोविन्द पौडेल (गोपी)को हत्या आरोपमा सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका तीन जनालाई फागुन ७ गते राष्ट्रपतिले आममाफी दिएपछि पीडित परिवारले आइतबार पत्रकार सम्मेलन गरेर आफूहरुमाथि अन्याय भएको भन्दै अदालत जाने बताएका हुन् ।

एकै घरका दुई जनाको हत्या गरेर दोषी ठहर भई सर्वस्वसहित जन्मकैद भएका व्यक्तिलाई आममाफी दिएर पीडित परिवारमाथि नै अन्याय गरेको शिव पौडेलकी श्रीमती बिनु रायमाझी पौडेलले बताइन् । समाजमा पहुँच भएकै व्यक्तिमाथि अन्याय गरेको सरकारबाट सर्वसाधारण जनताले पीडामा पर्दा न्याय पाइन्छ भनेर विश्वास गर्न नसकिने उनको भनाइ छ ।
‘मेरो श्रीमान् र देवरको हत्या गर्नेलाई जेल हालियो भनेर न्यायको महसुस गरिरहँदा आज राष्ट्रपतिमार्फत आममाफी दिएको कुराले हामीमाथि फेरि अन्याय भएको छ’, उनले भनिन् ।

सरकारकै संरक्षणमा कारागारभित्र रहेकै अवस्थामा आक्रमण गरी नियोजित तरिकाले हत्या गरेर दोषी ठहरिएकाहरुलाई छाडेर समाजमा फेरि अर्को घटना निम्त्याउन खोजिएको उनको आरोप छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दासढुङ्गा घटनालाई नियोजित तरिकाले हत्या गरिएको हो भनिरहँदा आफैँ पदमा पुगिसक्दासमेत हत्यारा खोज्न नसकेको उनले बताइन् । ‘आफ्नै श्रीमानको हत्यारा खोज्न सकिएन भन्दैमा अरुका श्रीमान्को हत्यारालाई किन छाड्ने ? राष्ट्रपति भण्डारीप्रति लक्षित गर्दै उनले प्रश्न गरिन् ।

राष्ट्रपति भण्डारीले विभिन्न अभियोगमा जेल जीवन बिताइरहेकाहरुलाई अनुशासन र आचरणको मूल्याङ्कन गरी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भरतपुर कारागारमा सर्वस्वसहित जन्मकैद भुक्तान गरिरहेका सुनिल केसी, फणीन्द्र श्रेष्ठ र दिलबहादुर मोक्तानलाई आममाफी दिएकी थिइन् । त्यतिबेला उक्त घटनामा संलग्न भएको आरोपमा ८ जनालाई जन्मकैदको फैसला भएको थियो । तीमध्ये तीन जनाले आममाफी पाएका हुन् ।

राजनीतिक प्रतिशोधका आधारमा आफ्ना कार्यकर्ता निकालेको गोविन्दकी श्रीमती रीता पौडेलको आरोप छ । आचरणलाई बहाना बनाएर दुई जना दाजुभाइकै हत्या गर्नेलाई आममाफी दिनु कुनै पनि हालतमा स्वीकार्य नभएको उनले बताइन् ।

‘हामीमाथि अन्याय भएको छ, हामीले हिजोसम्म न्यायको महसुस गरेका थियौँ भने आज आएर अन्याय भएको महसुस गरेका छौँ’, उनले भनिन्, ‘त्यसै होइन रहेछ न्याय मरेको देश भनेर भनेको, आज बल्ल थाहा भयो ।’

पौडेल परिवार नेपाली कांग्रेस र हत्या गर्ने समूह तत्कालीन नेकपा एमालेका कार्यकर्ता हुन् । दुई समूहबीच भएको विवादका क्रममा २०६६ जेठ ३ गते गोविन्द पौडेललाई कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो । दुई दिनपछि उनको मृत्यु भयो । त्यही समूहले दाइ शिवलाई पनि २०६८ साल मंसिर २० गते राति भरतपुर कारागारभित्रै आक्रमण गरेर गम्भीर घाइते बनायो । उपचारको क्रममा सोही वर्ष पुस २ गते काठमाडौँमा शिव पौडेलको पनि मृत्यु भयो ।

व्यवसाय र राजनीतिक विषयसँग जोडिएको घटना भएकोले यो घटना त्यतिबेला नै सर्वत्र चासोको विषय बनेको थियो । नेपाल तरूण दल चितवनले पनि यस विषयलाई गम्भीररुपमा लिएको जनाएको छ । तरूण दल चितवनका अध्यक्ष राजन ताम्राकारले संगठनको पूर्वअध्यक्षको हत्यारालाई आममाफी दिएको विरूद्धमा आन्दोलन गर्ने चेतावनी दिए । ‘पार्टी र संगठनभित्र छलफल भइरहेको छ’, उनले भने, ‘केही दिनमै हामी आन्दोलन गर्छौं ।’

Related Posts

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

तीन ठेकेदार कम्पनीले तिरे तीन करोड जरिवाना

त्रिशूलीमा खसेको ट्याङ्करले तिर्‍यो २१ लाख

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In