भरतपुर । भरतपुरको आँखा अस्पतालले अत्याधुनिक उपकरणसँगै आँखाको परीक्षण गर्न थालेपछि बिरामीको संख्या बढ्दै गएको छ । अस्पताल सबै प्रकारका उपचार गर्न सक्षम भएपछि बिरामीको संख्या बढेको अस्पतालका मेडिकल डाइरेक्टर डा. कमलबहादुर खड्काले बताउनु भयो ।
गत वर्षको भन्दा यस आर्थिक वर्षमा अस्पताल आउने बिरामीको संख्या १३ प्रतिशतले वृद्धि हुने अस्पतालले जनाएको छ । अस्पतालले यस आर्थिक वर्षको जेठ मसान्तसम्म ८५ हजार बिरामीको आँखा परीक्षण गरेको भरतपुर आँखा अस्पतालका प्रशासकीय अधिकृत तुलसीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा ८५ हजार २५३ जनाले आँखा परीक्षण गरेका थिए । यस आर्थिक वर्षको जेठ मसान्तसम्म एक हजार ६६ जनाको मोतीया विन्दुको शल्यक्रिया भएको छ भने २२४ जनाको रेटिनाको शल्यक्रिया भएको छ ।
Discussion about this post