धादिङ । आइतबार बेलुकीपख भएको दुईवटा छुट्टाछुट्टै दुर्घटनामा परी धादिङ जिल्लामा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
धादिङको थाक्रे गाविस वडा नम्बर ३ महादेवबेसीका ३५ वर्षीय देवेन्द्र मल्लको आइतबार साँझ करेन्ट लागेर ज्यान गएको हो । महादेवबेसीका रामशरण थापाको घरमा ढलानको लागि प्लाष्टिक तान्दा बिजुलीको तारसर्ट भई मल्ललाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर बेहोस भएका मल्ललाई आइतबार नै उपचारका लागि शिव दर्शन अस्पताल धार्के लगिएकोमा उनको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
Discussion about this post