कोटथर (नवलपरासी) । नवलपरासीको विकट कोटथर गाविस–८ काफलडाँडामा स्थानीय गाउँलेको प्रयासमा लघु जलविद्युत् निर्माण सम्पन्न भएपछि गाउँ झिलिमिली भएको छ ।
विकटताको हिसाबले सबैभन्दा विकट गाउँ काफलडाडाँका ३४ घर परिवारले चापराब लघु जलविद्युत् आयोजनामार्फत आठ किलोवाटको क्षमताको लघु जलविद्युत् निर्माण गरी बिजुली बालेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष कर्मसिंह सारुमगरले बताउनुभयो ।
स्थानीय गाउँलेले नौ लाख संकलन गरेका र बाँकी अन्य सहयोग गरी रु २६ लाखमा सम्पन्न सो लघु जलविद्युत् आयोजना स्थानीय लादीखोलाको पानीबाट बिजुली निकालिएको अध्यक्ष सारुमगरले जानकारी दिनुभयो ।
सो आयोजनाबाट गाउँमा नै मिलसमेत संचालन हुने र २४ सै घण्टा बिजुली बाल्न सकिने जनाइएको छ ।
Discussion about this post