चितवन ८ फागुन । गायक तथा संगीतकार तेजेन्द्र गुरूङ र तारा श्रीसमगरको आवाजमा नयाँ कौडा गीत ‘कान्छी’ बजारमा आएको छ। प्रेम गुरूङको शब्द र आरके गुरूङको संगीतमा मौलिक कौडा गीत बजारमा आएको हो। गीतको संगीत संयोजन भने गायक तेजेन्द्र गुरूङले नै गरेका छन्। ‘ग्लोबल नेपाल इन्टरटेन्मेन्ट’ नामक युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा भने गुरूङ चलचित्रकी सफल नायिका अनुता गुरूङसँगै कलाकारहरू आनन्द गुरूङ, प्रेम गुरूङ, मणि के राई र मीन गुरूङ, मोहनकुमार खाती, नीता गुरूङ, पुनम गुरूङलगायतकाले कम्मर मर्काएका छन्। रवीन थापामगर र नवीनबाबु गुरूङले खिचेको भिडियोलाई भूपेन्द्र गुरूङले निर्देशन गरेका हुन् भने गौतमराज खड्काले सम्पादन गरेका छन्।
Discussion about this post