ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अशक्तको हेरचाहमा खर्चै धान्न मुस्किल !

सरकारी निकायबाट सहयोग शून्य

by गोविन्द अर्याल
२०७७ फाल्गुन ८, शनिबार १४:१८ गते
in प्रमुख समाचार
0
अशक्तको हेरचाहमा खर्चै धान्न मुस्किल !

सहायको सेवामा लागेका बालकृष्ण सापकोटा अपाङ्ग जीवन विकास संस्था अगाडि ।

8
SHARES
Share on FacebookShare on Twitter

– तुलमान गुरूङ 

नवलपुर । गैँडाकोट नगरपालिका वडा नं–२ का बालकृष्ण सापकोटा कुनै समय पुस्तक प्रकाशन गरेर त्यसैको व्यापार गर्थे। करिब १५ वर्षसम्म प्रकाशन र बिक्रीवितरण गरेका उनी अहिले शारीरिकरुपमा अशक्त व्यक्तिहरुको संरक्षणमा लागेका छन्। गैँडाकोटको वडा नं–२ स्थित धारापानीमा एउटा घर भाडामा लिएर ३१ जना शारीरिक अशक्त व्यक्तिहरुलाई ‘अपाङ्ग जीवन विकास संस्था’मार्फत सहारा दिँदै आएका छन्।

सबैभन्दा पहिले गैँडाकोट–४ को सिद्धार्थचोकमा ७ जना असहायबाट सुरू गरेका उनले केही समय वडा नं–१० को गोर्खा ब्रुअरीनजिकै पनि कार्यालय राखेर सञ्चालन गरे। पहिले बसेको ठाउँमा विभिन्न खालको अवरोध आएपछि अहिले वडा नं–२ को धारापानीमा संस्था राखेर असहायहरुको संरक्षण गर्दै आएका छन्।

खर्च धान्नै मुस्किल
विभिन्न उमेर समूहका ११ जना महिलासहित ३१ जनाको समूहलाई निःशुल्क पालनपोषण र स्वास्थ्योपचार उनले गराउँदै आएका छन्। परिवारविहीन अवस्थामा रहेका शारीरिकरुपमा अशक्त व्यक्तिहरुलाई मागेरै भए पनि पालनपोषण गर्ने उद्देश्यले संस्था खोलेको सापकोटाले बताए।

तर, अहिले उनलाई खर्च व्यवस्थापन गर्नै समस्या भएको छ। पुस्तक प्रकाशन गरेर बेच्नुभन्दा पहिलेदेखि नै उनले सरसफाइमा प्रयोग हुने विभिन्न खालका केमिकल बनाउन सिकेका थिए। आफूलाई चाहिने त्यस्ता केमिकल आफैँ बनाउँथे र केही होटललाई पनि उनैले बनाएर दिन्थे।

कोरोनाका कारण गत वर्ष लकडाउन भएपछि उनलाई त्यतिबेला सिकेकै सीप काम लाग्यो। र, त्यसैलाई सहारा केमिकल नामबाट व्यावसायिकरुपमा उत्पादन र बजारीकरण गर्नतर्फ अग्रसर भए। ‘लकडाउनले सबै क्षेत्र ठप्प भएपछि हामीलाई एकदमै ठूलो समस्या भयो’, उनले भने, ‘त्यसपछि केही न केही नगरी उपाय नै लागेन र पुरानो सीपलाई प्रयोगमा ल्याउने काम गरियो।’ अहिले त्यही उत्पादनले संस्था सञ्चालनमा टेवा पुगेको उनको भनाइ छ। सरकारी क्षेत्रबाट आश्वासन आए पनि अहिलेसम्म सहयोग नपाएको उनले गुनासो गरे।

टोल छिमेकका स्थानीयबाट भने सधैँ सकारात्मक सहयोग र हौसला मिलेको उनको भनाइ छ। ‘छिमेकीले पाएको बेला दाल, चामल र तरकारी ल्याएर दिनुहुन्छ’, उनले भने। ३१ जनाको खर्च व्यवस्थापनमा मासिक दुई लाख रूपैयाँ आवश्यक पर्ने उनले बताए। खानाबाहेक घरभाडा, बिजुली, पानी र औषधि उपचारका लागि मासिक एक लाख रूपैयाँको हाराहारीमा खर्च आउने हुँदा त्यसको व्यवस्थापन गर्न समस्या भएको उनले बताए।

‘खाद्यान्नलाई किन्नुपर्ने आवश्यकता छैन, कसैले जन्मदिन, कसैले विवाहको वार्षिकोत्सव त कसैले पुण्यतिथिमा आएर सहयोग गर्नुहुन्छ’, उनले भने, ‘भाडा, बत्ती, पानी र औषधि उपचारमा चाहिने खर्च जुटाउन समस्या छ।’ आफैँले उत्पादन गरेको केमिकलको बिक्रीबाटमात्रै खर्च धान्न मुस्किल परेको उनले सुनाए।

Related Posts

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

तीन ठेकेदार कम्पनीले तिरे तीन करोड जरिवाना

त्रिशूलीमा खसेको ट्याङ्करले तिर्‍यो २१ लाख

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In