भरतपुर । भरतपुर अस्पतालमा नयाँ मेडिकल सुपरिन्टेन्डेन्ट डा वासुदेव पाण्डे हाजिर भएका छन् । उनी स्वास्थ्य मन्त्रालयबाट आएका हुन् ।
अस्पतालका प्रवक्ता युवानिधि बसौलाका अनुसार डा पाण्डे अस्पतालमा हाजिर भएर काम कारबाहीमा लागिसकेका छन्। २०७७ भदौ यतामात्रै भरतपुर अस्पतालमा तीन जना मेसु परिवर्तन भएका छन् ।
पछिल्लो समय मङ्सिर ९ गते डा जगन्नाथ तिवारीले निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी लिएका थिए । तीन महिना नपुग्दै डा पाण्डेलाई मन्त्रालयले मेसुको जिम्मा दिएर पठाएको हो ।
Discussion about this post