ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनमा धान दिवस मनाइयो

by चितवन पोष्ट
२०७१ असार १६, सोमबार १०:४४ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

होमनाथ सापकोटा
रत्ननगर । चितवनका किसानले आइतबार ११ औं राष्ट्रिय धान दिवस मनाएका छन् । सिंचाई पुगेका क्षेत्रहरुका किसानहरु एक ठाउँमा जम्मा भएर एकआपसमा हिलो दलादल र दही चिउरा खाएर धान दिवस मनाएका हुन् ।
जिल्ला कृषि विकास कार्यालय चितवनलगायत विभिन्न समूहहरुले विभिन्न कार्यक्रम गरी धान दिवस मनाएका छन् । गत वर्ष पश्चिम चितवनमा धान दिवस मनाएको जिल्ला कृषि विकास कार्यालयले यस वर्ष भने पूर्वी चितवनको खैरहनी नगरपालिका–६ तुलसीपुरमा एक कार्यक्रम गरी दिवस मनाएको छ ।
दिवसका अवसरमा कार्यालयले हिलेदौड, विभिन्न साँस्कृतिक कार्यक्रम गरी हिलो छ्यापाछ्याप गर्दै दही चिउरा खाएर दिवस मनाएको कार्यालयका प्रमुख राजाराम अधिकारीले जानकारी दिनुभयो । समयमै पानी पर्न नसकेका कारण राष्ट्रिय धान दिवसको औपचारिक कार्यक्रम यस वर्ष पूर्वी चितवनमा मात्र सीमित भएको छ । पर्याप्त सिंचाई नभएका कारण चितवनमा असार १५ सकिँदा जम्मा १५ प्रतिशतमात्र रोपाइँ भएको छ ।
कृषकहरुलाई खाद्यान्न बालीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम गरिएको अधिकारीले बताउनुभयो । यस वर्षको दिवसमा ‘धान खेतीमा आधुनिकीकरण, खाद्यान्न आयातमा न्यूनीकरण’ भन्ने नारा तय गरिएको थियो ।
नेपाल कुखुरा व्यवसायी मंचका अध्यक्ष चन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला पशुसेवा कार्यालयका प्रमुख रामकुमार कार्की, नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीलगायतले धान दिवसको मह¤वको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो  ।
त्यसैगरी बछौलीमा पनि एक औपचारिक कार्यक्रमको आयोजना गरी राष्ट्रिय घान दिवस मनाइएको छ । स्थानीय बरपीपल कृषक महिला समूहले आयोजना गरेको सो कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले कृषि औजार तथा सिंचाईमा अनुदान नदिएका कारण धान उत्पादनमा समस्या परेको गुनासो गरेका थिए ।
बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछानेको प्रमुख आतिथ्य एवम् समूहकी अध्यक्ष भूमिश्वरा पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यसैबीच पिठुवा–५ पारिजातचोकमा रहेको हरियाली समूहले पनि धान दिवस मनाएको छ । समूहले डिप बोरिङ निर्माणका क्रममा जग्गादान गर्ने जग्गादातालाई सम्मान गर्नुका साथै असारे गीत गाउँदै हिलो खेलेर धान दिवस मनाएको समूहका अध्यक्ष टंक खनालले जानकारी दिनुभयो ।
सो क्षेत्रमा ८ लाखको लागतमा डिप बोरिङमार्फत सिंचाई हुँदै आएको छ । चितवनमा कुल खेतीयोग्य जमिनमध्ये २९ हजार ५ सय हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइन्छ । जिल्लामा वार्षिक एक लाख १७ हजार ७५५ मेट्रिकटन धान उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीले जानकारी दिनुभयो ।
वागीश्वरीमा पनि १५ असार
यसैबीच वागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको आयोजना तथा जलदेवी सामुदायिक वनको संयोजनमा आश्रम परिसर वागिश्वरीमा विभिन्न कार्यक्रम गरी आइतबार १५ असार मनाइएको छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा उहाँले परिषद्को ब्रोसर विमोचनसमेत गर्नुभयो ।
कार्यक्रममा गौ समिति संयोजक टंकनाथ पौडेलले असार १५ को मह¤वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्की, समाजसेवी घना खतिवडालगायतकाले बोल्नुभएको थियो ।
आध्यात्मिक परिषद्का अध्यक्ष शान्तप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष कृष्णहरि देवकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Related Posts

Chitwan Post

घरबाट भागेका देवर–भाउजूको मृत्यु

Chitwan Post

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्कविहीन

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

घरबाट भागेका देवर–भाउजूको मृत्यु

महेन्द्रनगर । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि...

Read more
ग्रामीण यातायातमा सञ्चालक समिति चयन

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

Chitwan Post

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्कविहीन

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In