भरतपुर । विपद् अवस्थाबारे जानकारी लिनका लागि जिल्ला प्रशासन कार्यालयचितवनमा नदीको तत्कालीन अवस्थाबारे पत्ता लगाउने मेशिन जडान गरिएको छ ।
‘यस मेशिनको सहायताबाट नारायणी र राप्ती नदीको बहाव के कस्तो छ भन्ने थाहा हुन्छ’, प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले भन्नुभयो । दुई नदीको अवस्था के कस्तो छ भन्ने यहीँ उपलब्ध सूचनाबाट थाहा पाउन सकिने प्रजिअ शर्माको भनाइ थियो ।
नदीहरुको सामान्य, चेतावनी, खतराको अवस्था यस मेशिनले देखाउने छ । नारायणी नदीको लागि ६.८० चेतावनी विन्दु हो भने ९ विन्दु खतराको अवस्था हो । त्यस्तै राप्ती नदीका लागि ३.३० चेतावनीको विन्दु हो भने ४ खतराको विन्दु हो ।
Discussion about this post