नारायणगढ । सुईरो कार्यक्रम नारायणगढको साधारण सभा तथा अधिवेशन कार्यक्रम शनिबार नारायणगढमा सम्पन्न भयो । सभाले पुनः मनकुमारी सेनकी अध्यक्षतामा ११ सदस्यीय एक कार्यसमितिको गठन गरेको छ ।
समितिको उपाध्यक्षामा रजनी मास्के सचिवमा खेमराज पाण्डे, कोषाध्यक्षमा भोलानाथ लामिछाने, सहसचिवमा माला श्रेष्ठ तथा सदस्यमा सहन प्रधान, डिल्लीराम सापकोटा, मधु शाह, देवेन्द्रकुमार श्रेष्ठ र सुक्रिम (हर्क) श्रेष्ठ रहेका छन् । सदस्यमा गोविन्द थापा रहेका छन् ।
कार्यक्रम अध्यक्ष मनकुमारी सेनको सभापतित्वमामा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
Discussion about this post