भरतपुर । झण्डै एक वर्षअघि हावाहुरीले करोडौं रुपैयाँ नोक्सान गरे पनि पूर्वी चितवनका किसानहरुले राहत पाउन सकेका छैनन् । किसानहरु राहतका लागि स्थानीय प्रशासनदेखि प्रधानमन्त्री कहाँसम्म पुगे तर रित्तो हात फर्कन बाध्य हुनुपरेको छ ।
‘आश्वासन मात्रै धेरै पायौं तर राहत पाएनौं’, झण्डै एक वर्षअघि हावाहुरीले केरा ढालेर क्षति बनाए पनि राहत नपाएको पूर्वी चितवनका एक केरा उत्पादक किसानले गुनासो पोखे । पीडित किसानहरुले राहतका लागि धेरै लविङसमेत गरेका छन् । पटकपटक प्रतिनिधि मण्डल काठमाडांै पुगेर मन्त्रालयहरुमा राहतका लागि अपिल गर्दा पनि उनीहरुको माग सुनुवाइ हुन सकेको छैन ।
‘हामीले धेरै पहल ग¥यौं, सकेनौं’, केरा व्यवसायी संघ चितवनका अध्यक्ष यज्ञप्रसाद सुवेदीले भने, ‘किसानको क्षतिपूर्ति दिइएन भने कृषि मन्त्रालयको अगाडि आत्मदाह गर्नुको विकल्प छैन ।’ कृषि, अर्थ मन्त्रालय हँुदै प्रधानमन्त्री कार्यालयसम्म आफूहरुले क्षतिपूर्तिका लागि माग गरेको भए पनि उनीहरुले सुनुवाइ नगरेको उनको दुखेसो छ ।
गत वर्षको भाद्र २९ गते आएको हावाहुरीले पूर्वी चितवनमा २८० बिघामा लगाएको केरामा नोक्सान भएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले सो अवसरमा सात करोड ४२ लाख रुपैयाँ क्षति भएको निश्कर्ष निकाल्दै आफ्नो माथिल्लो निकायमा क्षतिपूर्तिका लागि सिफारिससमेत गरेको थियो । तर त्यो सिफारिस पनि सुनुवाइ नभएको किसानहरुको दुखेसो छ ।
‘जति गरे पनि नहुने एक्कै छिमलमा स्वाहा हुन्छ’, एक किसानले भने, ‘जहिलेसम्म प्राकृतिक विपत्ति पर्दा क्षतिपूर्तिको व्यवस्था हुँदैन तवसम्म किसानले राहत पाउन सक्दैनन् ।’ क्षतिको राहत नपाउँदा यसको खेती गर्न आफूहरुलाई उत्साह नजाग्ने पनि उनले जनाए ।
केराको उत्पादन र बजार प्रबद्र्धन गराउने उद्देश्यले चितवनमा सञ्चालित ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमका सदस्य सचिव एवम् उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक रसिक प्रधानले किसानको उत्थानका लागि पनि क्षतिपूर्ति दिइनु पर्ने बताउँछन् ।
‘क्षतिपूर्ति किसानले पाउनुपर्छ’, उनले चितवन पोष्टस“ग भने, ‘यसको व्यावसायिक विकासका लागि पनि किसानहरुलाई यो पेसामा अडाइराख्नु जरुरी छ ।’ पछिल्लो समय चितवन केरा उत्पादनका दृष्टिले अग्रणी बन्दै छ । अहिले एक हजार ६ सय बिघामा केराको खेती छ ।
व्यवसायीहरुका अनुसार वर्षमा २५ हजार मेट्रिकटनका हाराहारीमा केरा उत्पादन हुने गर्छ । अहिले चितवनमा ४०० जना किसान केरा उत्पादनका लागि जुटेका छन् । तर समय समयमा भैपरी आउने विपद्का कारण चितवनका केरा उत्पादक किसानहरुमा समस्या भोग्नु परेको छ । किसानहरु भन्छन्, ‘अब यसरी भैपरी आउने विपद्को क्षतिको राहत उपलब्ध गराउन बिमाको व्यवस्था भई कार्यान्वयन हुनुपर्छ ।
Discussion about this post