ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित

by चितवन पोष्ट
२०७१ असार १५, आईतवार ०४:१२ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

होमनाथ सापकोटा
रत्ननगर । समयमै पर्याप्त पानी नपर्दा चितवनमा रोपाइँ प्रभावित भएको छ । असारको १५ सकिनै लाग्दा पनि पानी नपरेका कारण अधिकांश ठाउँमा रोपाइँ हुन नसकेको हो । सोही कारण पश्चिम चितवनमा रोपाइँ हुन सकेको छैन भने पूर्वी चितवनमा भने असार १५ सकिनै लाग्दा जम्मा १५ प्रतिशत रोपाइँ भएको छ ।
सिँचाइको सुविधा भएका क्षेत्रहरुमा आंशिक रुपमा रोपाइँ सुरू भएको भएपनि सिँचाइ सुविधा नभएका ठाउँहरुमा भने रोपाइँ हुन सकेको छैन । नहरबाट सिँचाइ गर्दै आएका किसानहरुले पनि समयमै पानी नपरेका कारण रोपाइँ गर्न पाएका छैनन् ।
खैरहनी गाविसकी किसान रुपा चापागाईले भन्नुभयो, ‘अघिल्लो वर्ष असार १५ मा रोपाइँ सकिएको थियो, यस वर्ष पानी नपरेका कारण सुरू पनि गरिएको छैन । चितवनमा अझैपनि १५ प्रतिशत किसानहरु आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको छ ।
पूर्वी चितवनको पदमपुर, जुटपानी, शक्तिखोर, पिठुवा गाविस एवम् रत्ननगर र खैरहनी नगरपालिकाका केही वडा तथा पश्चिम चितवनका किसानहरुले आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका छन् । ‘यस वर्ष पानी पर्न सकेन’, जुटपानीका किसान रोहिणीप्रसाद सिंखडाले भन्नुभयो, ‘मैलेमात्र होइन, हाम्रो गाविसका अधिकांश किसानको खेत बाँझै छ ।’
खगेरी नहरमा पानी नबढेका कारण पश्चिम चितवनका अधिकांश गाविसमा रोपाइँ प्रभावित भएको छ । कृषि विकास कार्यालयका प्रमुख अधिकारीले पूर्वी चितवनमा असार महिनामै रोपाई सकिने र पश्चिम चितवनमा भने साउन लागेपछि मात्र सुरू हुने जानकारी दिनुभयो ।
चितवनमा कुल खेतीयोग्य जमिनमध्ये २९ हजार ५ सय हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइन्छ । जिल्लामा वार्षिक एक लाख १७ हजार ७५५ मेट्रिकटन धान उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनभयो ।
पछिल्ला केही वर्षयता धान उत्पादनको दृष्टिकोणले चितवन अब्बल जिल्ला मानिँदै आएको छ । मौसम समयमै सक्रिय नहुने, सरकारले किसानलाई सिँचाइको लागि अनुदानको व्यवस्था नगर्ने हो भने धानको राष्ट्रिय उत्पादनमा चितवनको उत्पादनले खेलेको भूमिका घट्न सक्छ । पछिल्ला वर्षहरुमा धान लगाउने किसानलाई प्रोत्साहन गर्न कृषिमा अनुदान दिने व्यवस्था गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो ।

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

Chitwan Post

छतबाट खसेर वृद्धाको मृत्यु

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In