नारायणगढ । नेपाल मगर विद्यार्थी संघ चितवनले यस वर्षको प्रवेशिका परीक्षा उत्तीर्ण चितवन जिल्लाभरीका मगर समुदायका विद्यार्थीहरुलाई शनिबार नारायणगढमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।
प्रवेशिका परीक्षा उत्तीर्ण गरेका मगर समुदायका विद्यार्थीहरुलाई हौसला बढाउने उद्देश्यले सो सम्मान गरिएको मगर संघले जनाएको छ । करिब एक सय जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा ४१ जना मगर विद्यार्थीहरुलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
नेपाल मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष दिल रानामगरको सभापतित्व र संघका केन्द्रीय सदस्य चित्रबहादुर पुलामीमगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य देवी श्रीषमगर विशिष्ट अतिथि रहनुभएको थियो ।
Discussion about this post