पदमपुर । पूर्वी चितवनको पदमपुर–८ मा रहेको जनहित राप्राविको शनिबार नयाँ व्यवस्थापन समिति गठन गरिएको छ ।
अभिभावक भेलाले रत्नलाल घलानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको सदस्यहरुमा बुद्धिमाया विक, मरियाम तामाङ, मरिचमान घलान र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक भरतराज रेग्मी रहनुभएको छ ।
विद्यालय निरीक्षक तारापति खरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पिठुवा श्रोत केन्द्रका श्रोत व्यक्ति रामकृष्ण लम्साल, पदमपुर गाविसकी सचिव रमा आचार्यलगायतले बोल्नुभएको थियो ।
Discussion about this post