रत्ननगर । रत्ननगर नगरपालिकामा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत शनिबार नगरस्तरीय बाल सञ्जाल समिति गठन गरिएको छ ।
११ सदस्यीय समितिको अध्यक्षमा सुस्मिता परियार, उपाध्यक्षमा रोहित माझी, सचिवमा अमिता कँडेल, सहसचिवमा शुभद्रा न्यौपाने, कोपाध्यक्षमा जेनिभा दवाडी र सहकोषाध्यक्षमा कन्चनबाबु श्रेष्ठ रहनुभएको छ । समितिको सदस्यहरुमा रमेश शर्मा, नवीन शर्मा, सावित्री मुसिया, सुनिता श्रेष्ठ र मुना पौडेल रहनुभएको छ ।
युनिसेफ नेपालका मदन जोशीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेलले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । नगरपालिकाका कार्यकारी अधिकृत सहदेवप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Discussion about this post