ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

प्रेम मार्केट चितवन च्याम्पियनसिप : सुमितको शतकमा इस्र्टन फाइनलमा प्रवेश

by केशव भट्टराई
२०७७ फाल्गुन ३, सोमबार ११:४८ गते
in खेलकुद
0
प्रणय दिवसमा भारतबाट ८५ प्रतिशत गुलाब आयात
7
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । भरतपुर क्रिकेट क्लबविरूद्ध ३ रनको रोमाञ्चक जित निकाल्दै ग्लोबल इनफरेन्स इस्र्टन क्रिकेट एकेडेमी १७ औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ को फाइनलमा प्रवेश गरेको छ ।
धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आइतबार भएको खेलमा भरतपुर क्रिकेट क्लबलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै लगातार दुई जितका साथ इस्र्टन फाइनल यात्रा तय गरेको हो ।
इस्र्टनले दिएको ३०० रनको लक्ष्य पछ्याएको भरतपुर निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९६ रन जोड्न सक्यो । विशाल योगफल पछ्याउने क्रममा भरतपुरका लागि सुवर्ण भट्टले ७२ बलमा ६८ रन, सोनु तामाङले विष्फोटक पारी खेल्दै २५ बलमा ४६, रित गौतमले ५८ बलमा ४६ र कृजन गुरूङले ३० रन जोडे पनि टिमलाई जित दिलाउन सकेन । भरतपुर यसअघि पहिलो खेलमा पनि बेलचोकसँग झिनो अन्तरले पराजित भएको थियो ।
इस्र्टनका लागि दिवस आचार्यले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चिदै ३ विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको इस्र्टनले सुमित महर्जनको शतकीय पारीमा निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २९९ रन जोडेको थियो । सुमितले ९१ बलमा १४३ रनमा अविजित रहे । आकाश थापाले ८७ बलमा ६२, प्रतिक श्रेष्ठले १६ रन बनाए ।
भरतपुरका लागि सुर्वण भट्टले १० ओभरमा ३ मेडनसहित २६ रन खर्चिएर २ विकेट लिए । आजको खेलमा शतकीय पारी खेलेका सुमित महर्जन म्यान अफ दि म्याच घोषित भए । उपाधिका लागि आज सोमबार इस्र्टनले मुनस्टोन क्रिकेट क्लबको सामना गर्ने प्रतियोगिताका संयोजक उमेश पियाले जानकारी दिए ।
चितवन क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले २० हजार रूपैयाँ र उपविजेताले १० हजार रूपैयाँ पुरस्कार पाउने छ । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिने संघका उपाध्यक्ष सुदीप पियाले जानकारी दिए ।

 

Related Posts

मैत्रीपूर्ण फुटसलमा चिकित्सक विजयी

मैत्रीपूर्ण फुटसलमा चिकित्सक विजयी

Chitwan Post

देवचुलीमा घडियाल कप फुटबल हुने

Chitwan Post

हेटौँडा नगर कप भलिबल सुरू

Discussion about this post

अन‌ि यो पनि

फर्निचर उद्योगमा आगलागी
समाज

फर्निचर उद्योगमा आगलागी

धनगढी २२ फागुन । धनगढी उप–महानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा आगलागी भएको छ। चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर...

Read more
Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

एकैदिन १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

आइतबार ‘कोभिसिल्ड’ लगाउँदै प्रधानमन्त्री ओली

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In