भरतपुर । नेपाल रेडक्रस सोसाइटीलगायत विपद् व्यवस्थापनसम्बन्धी सरोकार राख्ने सम्पूर्ण सहकारी एवम् गैरसरकारी निकायहरुको समन्वयमा बिहीबार गैरखाद्य सामग्री तथा आवास व्यवस्थापनसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
शाखा सभापति हरिप्रसाद न्यौपानेको सभापतित्व एवम् प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली सेना सिंहनाथ गणका गणपति आशिष उपाध्यायले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जिविसका सूचना तथा सञ्चार अधिकृत बलराम लुइँटेलले कार्यशादाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
Discussion about this post