भरतपुर । श्री दोभान पुस्तकालयको अध्यक्षमा विनोदकान्त ढकाललाई चयन गरिएको छ । शनिबार भएको संस्थाको नवौँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट ढकालको नेतृत्वमा दुईवर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा पुरूषोत्तम सुवेदी, सचिवमा अञ्जु पौडेल, कोषाध्यक्षमा जानकी वाग्ले र सह–सचिवमा तिर्सना थापालाई चयन गरिएको छ । यस्तै कार्यसमिति सदस्यहरुमा भने गणेशबहादुर गुरूङ, विष्णुप्रसाद रेग्मी, रामजीमूर्ति पन्त, विष्णुप्रसाद दवाडी, शंभुलाल पाख्रिन र दीपक सुवेदीलाई चयन गरिएको छ ।
भरतपुर–१० मा रहेको पुस्तकालय २०६८ सालमा स्थापना भएको हो । पुस्तकालय स्थापनाबाट पठन संस्कृतिको विकास गर्ने प्रयास गरिएको पुस्तकालयका निवर्तमान अध्यक्ष रामप्रसाद वस्तीले बताए । तर, आर्थिक अभावका कारण आवश्यक संरचना निर्माणमा समेत चुनौती थपिएको उनको भनाइ छ ।
Discussion about this post