चितवन १ फागुन । लोक तथा दोहोरी गायक एवम् सर्जक सन्तोष केसीको नयाँ गीत ‘कर्म’ सार्वजनिक भएको छ। केसी र कमला पोखरेलको आवाजमा रहेको गीतमा शब्द/संगीत पनि गायक केसीकै छ। कमल सौरागको संगीत संयोजनमा तयार भएको गीत मौलिक लोक भाकामा बनाइएको छ। जनता डिजिटल फिल्मस्को ब्यानरबाट बनाइएको गीतको भिडियोमा भने रामचन्द्र अधिकारी, रमेश केशी, अनुपमा भण्डारी र शरण पंगेनीले अभिनय गरेका छन्।
करिब दुई दशक लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतमा समय खर्चिँदै आएका गुल्मेली गायक केसीले ‘कर्म’को भिडियो ‘सन्तोष केसी–एसएस डिजिटल’ नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्। पछिल्लो समय उनी नेपाली सुगम संगीतमा पनि उत्तिकै सक्रिय छन्। सुगम संगीतको क्षेत्रमा भने शब्द रचना र संगीतमा उनले विशेष भूमिका खेलेका छन्।
Discussion about this post