ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

घरेलु हिंसा ः न्यायमा समस्या

by चितवन पोष्ट
२०७१ असार १५, आईतवार ०४:०२ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिनहुँ रक्सी खाएर मात्ने पतिको कुटाइबाट आजित बुटवल देवीनगरकी सरिता थापा अहिलेसम्म पाँच पटक इलाका प्रहरी कार्यालय बुटवलमा उजुरीका लागि पुगिन् । पाँचै पटक प्रहरीले उनका पति रामबहादुरलाई बोलाउने, एक दिन थुन्ने र ‘आइन्दा त्यसो नगर्न’ सम्झाएर पठाउने गरेको छ । कानुनी कारबाही नभएपछि रामबहादुरले सरितामाथि ज्यादती कायमै
राखेका छन् ।
‘दिउँसै रक्सी खाएर आउँछन् । पैसा माग्छन् । नदिए जे भेट्टायो त्यसैले कुट्छन्,’ तीन छोराछोरीकी आमा सरिताले गुनासो गरिन्, ‘कमाइ भनेको मैले घर बनाउने कामबाट ल्याउने दैनिक तीन सय हो । त्यसबाट साँझ–बिहान भातै खान मात्रै ठीक हुन्छ । रक्सी खाने पैसा दिन सक्दिनँ ।’ सरितालाई अब न्याय माग्न जान मन पनि लाग्न छाडेको छ ।
०७० भदौ २५ गते चिचिला दुई छोराछोरी टुहुरा पारेर रुपन्देहीको मोतीपुरकी ३५ वर्षे सरस्वती परियारले आत्महत्या गरिन् । जँड्याहा पतिबाट निरन्तर कुटाइ खाँदा हैरान भएकी सरस्वतीले त्यसबाट मुक्ति पाउन आत्महत्या गरेकी हुन् । नातामा दिदी पर्ने स्थानीय विमला परियारका अनुसार यातनाबाट छुटकारा पाउने आशामा सरस्वती स्थानीय समुदाय हुँदै प्रहरी प्रशासनमा पनि पुगेकी थिइन् । समुदायले मिलेर बस्न भन्यो । घरेलु हिंसा मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बुटवलले पनि पति मीनराजलाई दुई दिन नियन्त्रणमा राखेर मिलेर बस्न भन्दै घर फर्कायो । त्यसपछि उनी रुपन्देही प्रशासनमा गइन् । प्रहरीमै फर्काइदियो । कतैबाट कारबाही नभएपछि सरस्वतीका पतिको आत्मबल अझ बढ्यो । उनले राति मात्र होइन, दिउँसै रक्सी खाने र कुटपिट गर्ने गर्न थाले । कतैबाट न्याय नपाएपछि उनले आत्महत्या गरिन् ।
रुपन्देहीमा घरेलु हिंसापीडित कति छन् ? यसको आधिकारिक तथ्याङ्क छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्कमा भने न्यायका लागि चालू आर्थिक वर्षको फागुन मसान्तसम्म अर्थात् आठ महिनामा एक सय ३५ जनाले उजुरी दिएका छन् । तीन वर्षअघि ८८ जनाले उजुरी दर्ता गराएकोमा गएको वर्ष एक सय ६१ जना घरेलु हिंसापीडितले न्यायका लागि उजुरी दिएका थिए । उजुरी दिएकामध्ये ५० प्रतिशतलाई मेलमिलापबाट टुंग्याइएको छ । यो वर्षको आठ महिनामा आत्महत्या गरेका ४१ जना र हराएका १३ जनाको तथ्याङ्क रुपन्देही प्रहरीमा छ । ती सबैजसो महिला घरेलु हिंसापीडित रहेको महिला प्रहरी सेल प्रमुख रामबहादुर खत्रीले बताए । तथ्याङ्कमा धेरै महिला उजुरी गर्न आएको देखिए पनि कानुनी अज्ञानता र घरभित्रको जटिलताले सबै महिला भने हिंसाविरूद्ध कानुनी उपचारका लागि आउन नसकेको उनले बताए ।
घरभित्र तथा आफन्तबाट हुने शारीरिक, मानसिक, भावनात्मक हिंसा तथा दुव्र्यवहार घरेलु हिंसा
हुन् । नेपालमा चार वर्षअघि घरेलु हिंसाविरूद्ध (कसुर तथा सजाय) ऐन ०६६ जारी भएको हो । घरेलु हिंसाले पुरूषलाई समेत समेटेको भए पनि महिला घरभित्रै असुरक्षित हुने परम्परा तोड्न यो ऐन बनेको हो, जसले हिंसापीडितलाई संरक्षण र न्याय तथा पीडकलाई कारबाहीको सिफारिस गरेको छ । ऐनअनुसार घरेलु हिंसापीडितले स्थानीय गाविस तथा नगरपालिका, नजिकको प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग र जिल्ला अदालतमा उजुरी दिन सक्छन् । रुपन्देहीमा भने कुनै गाविसमा घरेलु मुद्दा दर्ता हँुदैनन् । राष्ट्रिय महिला आयोगको संरचना पनि छैन । महिला मानवअधिकार रक्षक सञ्जाल रुपन्देहीका अध्यक्ष इन्दिरा आचार्य भन्छिन्, ‘विकल्प प्रहरी हो । यसले पनि घरेलु मुद्दालाई प्राथमिकतामा राख्दैन । यसैले घरेलु हिंसापीडित समस्यामा छन् ।’
अधिकारकर्मी ज्ञानु पौडेलका अनुसार घरेलु हिंसाविरूद्धको ऐनले घरभित्र हिंसा गर्नेलाई सजायको भागीदार बनाए पनि ग्रामीण तहसम्म प्रचारप्रसार नहँुदा धेरैलाई थाहा छैन । कानुनी अज्ञानताले अधिकांश महिलाले घरेलु हिंसालाई अझै पनि इज्जत तथा प्रतिष्ठासँग जोडेका छन् । आफ्नाले दिएका पीडालाई नियति सम्झेर सहेका छन् । तर, न्यायको मार्गमा आएका छैैनन् । ऐनमा भएका व्यवस्था कार्यान्वयन नहुँदा पनि पीडितलाई न्यायका विरूद्ध घरबाहिर निकाल्न समस्या हुने गरेको छ । ‘न्याय खोज्न जाँदा सुरक्षा तथा संरक्षणको ग्यारेन्टी नहुँदा पनि महिला डरमा छन्,’ अधिकारकर्मी पौडेल भन्छिन्, ‘परनिर्भर महिला गाँस–बासको समस्याले पनि कानुनी उपचारमा जाँदैनन् ।’
उसो त ऐनमा पीडकलाई घर निकाला गरेर भए पनि पीडितलाई सुरक्षित बस्ने व्यवस्था मिलाउने, भरणपोषणको उचित प्रबन्धका लागि आदेश गर्ने, पीडित महिलाको उपचार गराउने र त्यसको उपचार खर्च उपलब्ध गर्न लगाउने उल्लेख छ । जवाफदेही निगरानी समिति लुम्बिनीका संयोजक अधिवक्ता महेन्द्र पाण्डे पीडकबाट घर निकाला गरेर पीडितलाई आश्रय दिएको घटना अहिलेसम्म रुपन्देहीमा नभएको बताउँछन् । मुद्दा अवधिमा भरणपोषणका लागि पीडकबाट रकम पाउन पनि समस्या छ । ऐनमा राज्यले पनि हिंसापीडित महिलाको हित र सुरक्षाका लागि सहयोगीको व्यवस्था गर्नुपर्ने, बस्नका लागि आश्रयस्थल बनाउनु पर्ने, सहयोगका लागि राहत कोष निर्माण गर्नुपर्ने उल्लेख छ । धेरै गाविसमा हिंसापीडितबीच राहत र सहयोगबारे चर्चा पनि भएको छैन । अधिकारकर्मी पाण्डे भन्छन्, ‘हिंसापीडित धेरै महिलामा कानुनी चेतना हँुदैन । उजुरी गर्ने निकायले पनि राहत र सहयोगबारे सिकाउने र उपलब्ध गराउने गर्दैनन् ।’ घरेलु हिंसाको मुद्दा सरकारवादी मुद्दा नबन्दा पनि उजुरी गर्ने निकाय संवेदनशील नभएको उनले बताए ।
मिलापत्रमा नजाने प्रहरीमा पुगेका घरेलु हिंसापीडित महिलालाई झन् ठूलो समस्या छ । महिला हिम्मत निकालेर न्यायका लागि निस्के पनि त्यस्ता महिलालाई प्रभावकारी अदालती सेवा छैन । निःशुल्क कानुनी व्यवस्था पनि छैन । आर्थिक रुपले विपन्न, अशिक्षित र असहाय महिलाले लडेर न्याय पाउन नसक्ने अधिवक्ता पाण्डे दाबी गर्छन् । ‘रकम खर्चने क्षमता र आफ्नाविरूद्ध लामो समयसम्म लडेर न्याय लिन सक्ने तागत धेरै महिलामा हुँदैन,’ उनले भने, ‘यसैले ऐन बने पनि अधिकांश घरेलु हिंसापीडित महिलाले न्याय पाएको अवस्था छैन ।’
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको महिला सेल प्रमुख रामबहादुर खत्री न्यायालयमा जान नसक्ने र अन्य निकाय निष्क्रिय भएका बेला घरेलु हिंसापीडित महिलाको एक मात्र आश्रयस्थल प्रहरी बनेको दाबी गर्छन् । विडम्बना, महिलाका मुद्दा संवेदनशील भए पनि सरकारी बेवास्ता र साधन–स्रोतको अभावले समस्या हुने उनले बताए । ‘प्रहरीमा आएका महिलालाई कहाँ आश्रय दिने ? कति दिन राख्ने ? समस्या हुन्छ,’ उनले गुनासो गरे, ‘प्रहरीभित्रै अन्य घटनासरह घरेलु हिंसाका मुद्दामा सहजीकरण गर्ने प्रहरीलाई प्रोत्साहन नगर्ने र कार्य मूल्याङ्कनमा नपार्दा काममा खटिने प्रहरीको आत्मबल घटेको हुन्छ ।’
घरेलु हिंसाविरूद्ध महिलाको न्यायमा पहुँच पु¥याउन के गर्नुपर्ला त ? निःशुल्क कानुनी सहयोगको काम गरेका अधिवक्ता सूर्य अधिकारी घरेलु हिंसाविरूद्धको अभियानलाई सशक्त बनाउन कानुनी चेतना बढाउने र हिंसापीडितको संरक्षणका लागि काम गर्नुपर्ने बताउँछन् । उनका अनुसार जिल्लाजिल्लामा महिला आयोगको संरचना बनाउन, स्थानीय निकायमा पनि उजुरी लिने संरचना तयार गर्न र महिला प्रहरी सेललाई सुविधासम्पन्न पार्न पनि लाग्नुपर्छ । पीडकलार्ई २५ हजार रूपैयाँ जरिवाना वा तीनदेखि ६ महिना कैद हुने सजाय बढाउनुपर्छ । सार्वजनिक पदमा बसेका व्यक्तिका लागि अहिले १० प्रतिशत मात्रै बढी सजायको व्यवस्था छ । यसलाई बढाएर दोब्बर सजायको व्यवस्था गर्नुपर्छ । मुद्दाका सबै प्रक्रियामा राज्यले पीडित महिलालाई सहयोगको व्यवस्था गर्नुपर्छ । ‘मान्छेको सबैभन्दा सुरक्षित स्थल घर र आफन्त हुन् । तर, पितृसत्तात्मक सोच तथा संरचनाका कारण आफन्तबाटै नेपाली महिला पीडित भएका छन्,’ अधिवक्ता अधिकारी भन्छन्, ‘घरभित्रै हुने असुरक्षा हटाउन घरेलु हिंसा (कसुर तथा सजाय) ऐनलाई संशोधन गरेर कडाइका साथ लागू गर्नुपर्छ ।’
(दीपक, हिमाल खबर पत्रिकाका रुपन्देही संवाददाता हुन् ।)

Related Posts

आधुनिक समाजवादको अपेक्षा

आधुनिक समाजवादको अपेक्षा

धर्म जीवनको खोज हो

तपाईंको सबैभन्दा ठूलो क्षमता !

धर्म जीवनको खोज हो

आहार शुद्धि–२

Discussion about this post

अन‌ि यो पनि

लागूऔषधसहित दुई जना पक्राउ
समाज

लागूऔषधसहित दुई जना पक्राउ

चितवन । चितवन प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर १२ का ३७ वर्षीय राजकुमार...

Read more
Chitwan Post

व्यवसाय प्रवर्धन लागि अनलाइन सेवा

पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय हुने

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In