ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सौराहमा आजदेखि फुड फेस्टिवल, पर्यटकलाई सडकमै रमाउने अवसर

- होमनाथ सापकोटा

by गोविन्द अर्याल
२०७७ फाल्गुन १, शनिबार १२:१७ गते
in प्रमुख समाचार, वाग्मती
0
सौराहमा आजदेखि फुड फेस्टिवल, पर्यटकलाई सडकमै रमाउने अवसर

तस्बिर : होमनाथ सापकोटा/चितवन पोष्ट

110
SHARES
Share on FacebookShare on Twitter

चितवन १ फागुन । रेस्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान)को आयोजनामा हुने सौराहा सडक फुड फेष्टिवल आजबाट सुरु हुँदैछ। फागुन ३ गतेसम्म सञ्चालन हुने फेस्टिबल आज तीन बजे उद्घाटन हुने आयोजकले जनाएको छ। ‘प्रणय दिवस’को अवसरमा आयोजना गरिएको फेस्टिवलमा प्रेममा रहेका युवायुवतीदेखि परिवारसँग रमाउनेहरुका लागि सेवा उपलब्ध गराइने छ। कोरोना भाइरसक संक्रमण जोखिमका कारण सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै चलायमान हुन थालेपछि सडकमकै फुड फेस्टिवल आयोजना गर्न गरिएको फेस्टिवलका संयोजक ध्रुव गिरीले जानकारी दिए। । फेस्टिवलको १५औं संस्करण हात्तीचोकदेखि राप्ती ड्याकसम्म ६०० मिटरभित्रको सडकमा गर्न लागिएको उनले बताए।

साँझ ५ बजेदेखि राति १० बजेसम्म पर्यटकलाई विभिन्न खानाका परिकारसहित सांस्कृतिक कार्यक्रममा रमाउन पाउने व्यवस्था मिलाइएको छ। सडक किनारमा ८० वटा रेस्टुरेन्टले विदेशी खानासहित थारु, नेवारी तथा नेपाली परम्परागत खाना उपलब्ध गराउने छन्। फेस्टिवल सुरु नहुँदै व्यवसायीहरुले सौराहालाई सिंगारेका छन्। चोकचोकमा पर्यटक नमाउन सक्ने वातावरण बनाइइको छ। तीन दिनसम्म खानाका परिकारसँगै थारु, मगर, गुरुङ, नेवारी समुदायका मौलिक संस्कृति झल्कने झाँकी तथा पञ्चेबाजा प्रस्तुत हुने रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए।

तस्बिर : होमनाथ सापकोटा/चितवन पोष्ट

सौराहा भनेको नेपालको पर्यटकीय तेस्रो गन्तव्य हो। र, यसको विकास पनि यही ढंगबाट भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन्। निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध मानिन्छ। सौराहा विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको छेउमा नै अवस्थित छ। सो निकुञ्ज ९३२ स्क्वायर किलोमिट क्षेत्रफलमा फैलिएको छ। जुन हात्ती, गैँडा, बाघ, मृग, जरायो, मयुर, चित्तल, वँदेललगायतका वन्यजन्तुको साझा वासस्थान हो।

यही कारणले गर्दा सबैखाले पर्यटक देशविदेशबाट यहाँ आउने गर्दछन्। सौराहामा सामान्य गेष्ट हाउसदेखि ५ तारे स्तरका होटलहरु सञ्चालनमा छन्। जसको मूल्य प्रतिरात रु १ हजारदेखि १५ हजारसम्म रहेको छ भने यहाँ रु ३०० देखि १५०० सम्मको डिनर गर्न पाइन्छ।

Related Posts

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलिदेखि

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलिदेखि

दोस्रो चरणमा ६५ वर्षमाथिकालाई खोप दिइने, चितवनमा ७६ खोप केन्द्र

दोस्रो चरणमा ६५ वर्षमाथिकालाई खोप दिइने, चितवनमा ७६ खोप केन्द्र

विप्लव शान्तिपूर्ण राजनीतिमा सामेल : चितवनमा ३० जनाविरूद्ध मुद्दा दर्ता, ११ जना फरार सूचीमा

विप्लव शान्तिपूर्ण राजनीतिमा सामेल : चितवनमा ३० जनाविरूद्ध मुद्दा दर्ता, ११ जना फरार सूचीमा

Discussion about this post

अन‌ि यो पनि

फर्निचर उद्योगमा आगलागी
समाज

फर्निचर उद्योगमा आगलागी

धनगढी २२ फागुन । धनगढी उप–महानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा आगलागी भएको छ। चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर...

Read more
Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

एकैदिन १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

आइतबार ‘कोभिसिल्ड’ लगाउँदै प्रधानमन्त्री ओली

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In