ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जुटपानी पूर्ण साक्षर गाविस घोषणा

by चितवन पोष्ट
२०७१ असार १४, शनिबार ०३:२५ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

होमनाथ सापकोटा
जुटपानी । पूर्वी चितवनको जुटपानी गाविसलाई शुक्रबार पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । गाविसका कुल जनसंख्याको ९७ दशमलव ६९ प्रतिशत नागरिकलाई साक्षर बनाएर जुटपानीलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको हो ।
गाविसका १६ हजार ६० जनामध्ये १५ हजार ६९० नागरिकलाई साक्षर बनाएर गाविसलाई साक्षर गाविस घोषणा गरिएको जुटपानी गाविसका सचिव एवम् गाउँ शिक्षा समितिका संयोजक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
युनेस्कोको मापदण्डमा ९५ प्रतिशत नागरिकलाई साक्षर बनाएर गाविस अथवा नगरपालिकालाई साक्षर घोषणा गर्न पाइने व्यवस्था छ । गाविसभित्रका एक हजार ९९५ मध्ये एक हजार ६२५ जनालाई साक्षर बनाइ गाविसलाई साक्षर गाविस घोषणा गरिएको गाउँ शिक्षा समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
साक्षर चितवनअन्तर्गत जुटपानी गाविसमा ७७ वटा साक्षरता कक्षा सञ्चालन गरिएको थियो । जिल्ला शिक्षा कार्यालय चितवनको सहयोगमा जुटापानी गाविस र कालिका सामुदायिक अध्ययन केन्द्र जुटपानीले सो क्षेत्रमा साक्षरता कक्षा सञ्चालन गरेका थिए ।
सो गाविसमा अझै ३७० जना निरक्षर छन् । उनीहरुलाई आगामी वर्ष साक्षरता कक्षामार्फत साक्षर बनाउने राजनीतिक दल, नागरिक समाज र शिक्षासम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुबीच सहमति गरेर गाविसलाई साक्षर गाविस घोषणा गरिएको कालिका सामुदायिक अध्ययन केन्द्र जुटपानीका अध्यक्ष निराजन गौलीले जानकारी दिनुभयो ।
‘साक्षर हुन बाँकीलाई पनि हामी त्यसै छाड्दैनौं’, उहाँले भन्नुभयो, ‘जिल्ला शिक्षा कार्यालयको सहयोग लिएर अर्को वर्ष साक्षर बनाउँछौं ।’ स्थानीय सिद्धिविनायक आवासीय माविमा आयोजित कार्यक्रममा चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जुटपानीलाई निरक्षर उन्मूलन गाविस घोषणा गर्नुभएको थियो ।
सो अवसरमा चितवनलाई तोकिएकै समयमा साक्षर जिल्ला घोषणा गर्ने गरी काम भइरहेको बताउनुभयो । उहाँले २०७२ सालसम्म नेपालका सबै नागरिकलाई साक्षर बनाउने सरकारी प्रतिबद्धता पूरा गर्न जिल्ला शिक्षा कार्यालय प्रयत्नरत रहेको बताउनुभयो । सो अवसरमा साक्षरता कक्षामार्फत अक्षर चिनेका ८ जना वृद्धवृद्धालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय अनौपचारिक शिक्षा कार्यक्रमका संयोजक भूमिलाल सुवेदी, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्की, पिठुवा श्रोत केन्द्रका श्रोत व्यक्ति रामकृष्ण लम्साल, नवसाक्षर विद्यादेवी विष्ट, नेपाली काँग्रेस जुटपानीका सभापति कृष्णबहादुर घिमिरे, नेकपा एमाले जुटपानीका अध्यक्ष केशव लामा, एमाओवादी जुटपानीका अध्यक्ष बुद्धि पाण्डेलगायतले बोल्नुभएको थियो ।
पार्वतीपुर पनि पूर्ण साक्षर
यसैबीच पार्वतीपुर गाविसलाई शुक्रबार पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । अन्नपूर्ण उमावि पार्वतीपुरमा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य रहनुभएको थियो । गाविस अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
पार्वतीपुर गाउँ शिक्षा समितिका सदस्य सचिव बटुकलाल तामाङले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कुल जनसंख्या सात हजार ४७४ मध्ये ८२६ जना निरक्षर भएको तथ्याङ्क रहेको थियो । ३२ वटा केन्द्रमा तीन महिना साक्षरता कक्षा संचालन भई ७९५ जनालाई साक्षर बनाउन सफल भएको सदस्य सचिव तामाङले बताउनुभयो ।

Related Posts

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

भरतपुर जनसेवा साकोसको तालिम

गहना लुट्न वृद्धाको हत्या, पाँच जना पक्राउ

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

प्रमुख प्रशिक्षक अरुणा गुरूङलाई सम्मान

Discussion about this post

अन‌ि यो पनि

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ
समाज

प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ

भरतपुर । शनिबार बेलुकी ८ः४० बजेको समयमा भरतपुर ३ पुल्चोकस्थित ड्युटीमा खटिएका प्रहरीलाई घूस दिन खोज्ने चालक पक्राउ परेका छन्...

Read more
मातृभाषा विकासको साधक : नेपाली भाषा

मातृभाषा विकासको साधक : नेपाली भाषा

धर्म जीवनको खोज हो

आफ्नो हृदयको आवाजलाई कसरी सुन्ने !

धर्म जीवनको खोज हो

साधना नगर्ने बहाना

Chitwan Post

शिक्षकको ‘अनैतिक’ कुकृत्य

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In