भरतपुर । सहकारी डिभिजन कार्यालय चितवनको आयोजनमा शुक्रबार सहकारी संस्थाहरुको नियमन र सुदृढीकरणमा लेखा परीक्षकहरुको भूमिका र उत्तरदायित्व विषयक गोष्ठी सम्पन्न भएको छ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठप्रमुख अतिथि रहनुभएको कार्यक्रम जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो अवसरमा चार्टड एकाउटेण्ट बद्रीकुमार गुरागाईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहकारी डिभिजन कार्यालय चितवनका प्राचार्य केशवबहादुर थापाले चितवनका सहकारीहरुको अवस्थाबारे बोल्नुभएको थियो ।
सो अवसरमा जिल्लाका ३ दजर्नजति सहकारीका संचालक र केही चार्टड एकाउटेण्टहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post