नारायणगढ । सामुदायिक सेवा केन्द्र नारायणगढले शुक्रबार चितवनका विभिन्न सामुदायिक विद्यालयहरुमा अध्यनरत छात्रछात्रहरुलाई शौक्षिक सामग्री वितरण गरेको छ ।
भरतपुर नगरपालिकाका १ देखि ६ नम्बर वडासम्मका ११ विद्यालयका ५५ जना निम्न वर्ग एवम् जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोसाक, झोला, कपि कलमलगायतका आवश्यक सामग्री वितरण गरिएको हो ।
सेवा केन्द्रले आफनो सेवा क्षेत्रमा पर्ने विद्यार्थीहरुलाई एक महिनालाई पुग्ने गरी शौक्षिक सामग्री वितरण गरेको केन्द्रकी अध्यक्ष मीना खरेलले जानकारी दिइन् । सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था सामुदायिक सेवा केन्द्रले आफ्नो नियमित कार्यक्रमअन्तर्गत शौक्षिक सामग्री वितरण गरेको उपाध्यक्ष महेशकुमार पौडेलले बताउनुभयो ।
विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले सामाजिक क्षेत्रमा सामुदायिक सेवा केन्द्र नारायणगढको भूमिका मह¤वपूर्ण रहेको बताउनुभयो । सेवा केन्द्रको सहयोगले कम आयस्तर भएका परिवारका बालबालिकालाई पठनपाठनमा सहज भएको केन्द्रका सूचना सञ्चार संयोजक अर्जुन अधिकारीले बताउनुभएको छ ।
Discussion about this post