ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बन्दुक बोकेका हातहरू तरकारी खेतीमा

by चितवन पोष्ट
२०७१ असार ११, बुधबार ०३:५० गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

–राजेन्द्र न्यौपाने
गोरखा । बेनीको आक्रमणमा होस् या कृष्णभिरको आक्रमणमा होस् यी टोली युद्धको क्रममा देशका हरेक भागमा पुगेका थिए ।
त्यतिबेला युद्धबाट सत्ताको सपना देखेका पूर्व लडाकुहरू यतिबेला के गर्दै होलान् भने चासो हुनु स्वाभाविक छ । ३५ हजार लडाकुमध्ये १९ हजार त समायोजनका लागि प्रमाणित नै भएका थिए । अन्तिम अवस्थामा समायोजन हुनेहरूको सङ्ख्या तीन हजारमात्रै रहन पुग्यो । सबै गाउँ फर्के । कतिपय लडाकुहरू पार्टीभित्रै रहेर काम गरिरहेका छन् त कतिपय वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका छन् ।
केही लडाकुहरू गाउँघर र नजिकका बजारमा सानोतिनो व्यवसाय गरेर बसेका छन् । युद्धका क्रममा गोरखाबाट पनि थुप्रैले ज्यान गुमाए र कतिपयको अङ्गभङ्ग भयो । यहीँका नेताहरू ठूल्ठूला पदमा समेत पुगे । तिनै लडाकुहरू जसले पार्टी र क्रान्तिका लागि भन्दै वर्षौं युद्ध लडे आज उनीहरू कतिपय गुमनाम छन् ।
तिनैमध्येका एक हुन् हितमान सुर्खेती (नवीन) । युद्धको मोर्चामा सयौँ पटक लडेका उनी यतिबेला तरकारी तथा फलफूल खेतीमा व्यस्त हुन थालेका छन् । बिग्रेडियर कमाण्डर रहेका सुर्खेतीको कमाण्ड यतिबेला गोरखाको घ्याल्चोक गाविस वडा नं ५ स्थित धावादीघाट फाँटमा तरकारी उत्पादनदेखि पशुपालनका कामहरूमा संलग्न छ ।
सात जनाको लगानीमा
सुरू भएको उत्पादनले पहिलो महिनामै रु दुई लाखभन्दा बढी आम्दानी भएपछि उनीहरूको सिको गर्दै एमाओवादीभित्र कृषि उत्पादनमा लाग्नेहरूको सङ्ख्या बढ्न थालेको छ । यहाँ एक हजार ५०० वटा कुखुरा पनि पालिएको छ । बङ्गुरपालनका लागि खोर निर्माणका काम भइरहेको छ । केराका बोट लहलह बढिरहेको छ ।
हिजो युद्धको मोर्चामा काम गर्दा र अहिले कृषि कर्म गर्दा अलग अनुभव भएको पूर्व लडाकुसमेत रहेका दीपक तिमिल्सिना बताउनुहुन्छ । गाउँका स्थानीय व्यक्तिको १० रोपनी जग्गा भाडामा लिएर सुरू गरिएको खेती र पशुपालनले अहिले जिल्लामा मात्रै नभइ देशभरि चर्चा पाउन थालेको छ ।
यहाँका पूर्व लडाकुहरूले गरेको कामबारे थाहा पाएपछि विभिन्न स्थानमा रहेका पूर्व लडाकुहरू यहाँ अवलोकनका लागि आउने गरेका छन् । सहिद स्मृति ताजा फलफूल तथा तरकारी उत्पादन सहकारी संस्था दर्ता गरेर उनीहरूले कृषि कर्म गर्न थालेका हुन् । यतिबेला पूर्व लडाकुहरूलाई करेला, रामतोरिया, घिरौँला, चिचिन्डो टिपेर बजार पु¥याउन भ्याइनभ्याई छ । आफूहरूले  विश्राम लिँदा उत्पादनमा कमी आउने अर्का पूर्व लडाकु सचिन खनाल बताउनुहुन्छ ।
घ्याल्चोक गाविसबाट बर्सेनि  १० करोडको तरकारी उत्पादन भएर बजार जाने गर्दछ । त्यहीँ उनीहरूको उत्पादन सुरू भएकाले बजारको कुनै कमी छैन । तरकारी र कुखुरापालनबाट छिटो आम्दानी गर्न सकिने हुनाले आफूहरूको ध्यान यसतर्फ गएको पूर्व लडाकुहरू बताउँछन् ।
घ्याल्चोकमा पूर्व लडाकुहरूले गरेको देखासिकी गर्दै जिल्लाका आरुघाट, गोरखा बजार क्षेत्र, चोरकाटे, देउरालीलगायतका क्षेत्रमा समेत युवाले सामूहिक कृषि खेती गर्दैआएका छन् ।

Related Posts

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In