ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विषालु किंग कोब्रा गैँडाभन्दा पनि दुर्लभ

by चितवन पोष्ट
२०७१ असार ११, बुधबार ०३:४५ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । किंग कोब्रा (राजगोमन) लाई विश्वमै दुर्लभ र विषालु सर्प मानिन्छ । सोमबार मात्र चितवनको सौराहामा भेटिएको यो नेपालमा पाइने सर्पमध्ये सबैभन्दा विषालु हो । यसलाई स्थानीय भाषामा कालीनाग पनि भनिन्छ ।
तर, यसको गहन अध्ययन भने नेपालमा हुन नसकेको विगत छ वर्षदेखि चितवनमा सर्पको उद्धार गर्दै आएका स्थानीय सुनिल सापकोटाले बताउनुभयो । नेपालमा केही अध्ययन गर्नुपरेमा समेत भारतको सर्पको फोटो हेरेर अध्ययन गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताउनुभयो ।
“मलाई पनि राजगोमन सर्प समाउन मन थियो, यसपटक त्यो जु¥यो,” सापकोटाले खुसी हुँदै भन्नुभयो, अहिलेसम्म उद्धार गरेका १११ सर्पमध्ये किंग कोब्रा भने पहिलो भएकामा म हर्षित छु । ३.७५ मिटर लम्बाइ र ५.५ किलोको उक्त सर्प सोमबार सौराहामा भेटिएको हो । यसले अजिङ्गरलाई खाने गर्छ । अजिङ्गरसँग लडेर घाउसमेत लागेको पाइएको उहाँले बताउनुभयो ।
सापकोटाले यसको वैज्ञानिक अध्ययन गरी सरकारले संरक्षणका कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो । सोमबार फेला परेको राजगोमनलाई चितवन निकुञ्जका कसैले उद्धार गर्ने हिम्मत नै गरेनन् । पछि एक जना सर्पको उद्धार गर्ने व्यक्ति छ भन्ने थाहा पाएर फोन गरी सुनिल सापकोटालाई बोलाइएको स्थानीयवासीले बताए ।
सापकोटाले बाँसको लट्ठीको सहायताले सर्प समाएर सौराहापारिको निकुञ्जमा छाड्नुभएको थियो । उहाँले भन्नुभयो– मैले पैसा लिन्छ होला भन्ने सोचेका रहेछन्, पछि मैले पैसा लिन्नँ भनिदिएँ । निकुञ्जले नसकेपछि उनलाई उद्धार गर्न बोलाइएको थियो ।
एक हप्ताअघि चितवनको सौराहामा निस्किएको थियो किंग
कोब्रा । स्थानीयवासीले फोटो खिचेर किंग कोब्रा हो भने पनि खासै चासो दिइएन । सोमबार मात्रै फेरि सौराहामा उक्त सर्प निस्कियो । होटलनजिकै बगैँचाको बाटोमा हिँड्दै गरेका एक जना पर्यटकले देखेर होटल रिल्याक्स हाउसमा खबर गरेका थिए । त्यसपछि आफ्नो गणमा स्थानीयवासीले खबर गरेपछि आफूहरु पुगेको श्रीजङ्ग गणका क्याम्टेन राजकुमार थापाले बताउनुभयो ।
उद्धार गर्ने व्यक्ति फेला नपरेपछि सापकोटालाई बोलाएको उहाँले बताउनुभयो । सम्भवतः अहिलेसम्म उक्त सर्प चितवनमा सार्वजनिक स्थानमा भेटिएको थिएन । चितवनमा करेत र अन्य गोमन सर्प पाइन्छन् ।
के हो राजगोमन ?
विश्वमा तीन प्रकारका गोमन छन् । तीेमध्ये चलाख र रिसाहा राजगोमन हो । पाँच मिटरको राजगोमनले डेढदेखि दुई मिटरसम्म ज्यान उठाउन सक्छ । त्यसैल,े यसले अलि सानो मान्छोको टाउकोमै टोक्न सक्ने क्षमता राख्ने सर्प उद्धारकर्ता सुनिल सापकोटाले बताउनुभयो ।
टल्कने कालो शरीरमा सेता धर्सा हुने यो खाना खाएको बेलामा बढी रिसाउँछ । बढी गर्मी क्षेत्रमा पाइने यो सर्पले सबैभन्दा बढी विष फ्याँक्छ । एसियामा यसको धेरै बासस्थान छ ।
एक पटक टोक्दा अन्य सर्पको तुलनामा दुई जनाको ज्यान जानेजति विष निकाल्ने सापकोटाले बताउनुभयो । उहाँको भनाइमा अहिलेसम्म नेपालमा तीन ठाउँमा देखिएको यो सर्प दुईवटाको मात्रै तस्बिर फेला परेको छ । यो सर्प गैँडाभन्दा पनि दुर्लभ भएको उहाँले दाबी गर्नुभयो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवर यो सर्प दुर्लभ नै भएको बताउनुहुन्छ । उहाँले निकुञ्जभित्र भने किंग कोब्रा रहेको बताउनुभयो ।

Related Posts

Chitwan Post

विद्यार्थीलाई स्वीटर वितरण

Chitwan Post

महिलालाई बाख्रापालन तालिम

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In