ADVERTISEMENT
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३० चैत्र २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सुकुमबासीले जग्गा पाए, घर पनि बनाए

by चितवन पोष्ट
२०७१ असार १०, मंगलवार ०२:२७ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

होमनाथ सापकोटा
रत्ननगर । कमजोर आर्थिक अवस्थाका कारण लामो समयसम्म कष्टकर जीवनयापन गरिरहेका रत्ननगरका सुकुमबासीले पक्की घर बनाएका छन् । सुकुमबासी व्यवस्थापन कार्यक्रमअन्तर्गत लुमन्ती आवासका लागि सहयोग समूह रत्ननगरको ऋण सहयोगमा सुकुमबासीहरुले पक्की घर बनाएका हुन् ।
सुकुमबासी व्यवस्थापनको लागि रत्ननगर नगरपालिकासँग सहकार्य गरेर रत्ननगर–३ लौरीघोलमा लुमन्तीले आवास व्यवस्थापनको काम गरेको हो । कुनै समय राम्रो ओत लाग्ने घरको अभावमा कष्टकर जीवन बिताइरहेका सुकुमबासीहरुले ऋण सहयोगमा घर बनाउन पाएपछि राहतको महसुस गरेका छन् ।
रत्ननगर–३ लौरीघोलमा रहेका ४३ घरघुरीमध्ये अति विपन्न २९ परिवारलाई पक्की घर बनाउन ऋण सहयोग भएको हो । तीन वर्षअघिसम्म लथालिङ्ग सो सुकुमबासी बस्ती अहिले पक्की घर बनेपछि व्यवस्थित भएको छ । लुमन्तीको सहयोगमा सो बस्तीमा २९ वटा पक्की घर बनेका छन् ।
‘पहिलो कसको जग्गा कहाँ छ भनेर कसैलाई थाहा थिएन’, नेपाल सुकुमबासी सुधार समितिका अध्यक्ष पूmलमान तामाङले भने सुकुमबासी व्यवस्थापन कार्यक्रम सुरू भएपछि सबैले जग्गा पनि पाए घर पनि बनाए ।
लौरीघोलमा २०५३ सालमा सुकुमबासीको बस्ती बसेको हो । त्यसको एक वर्षमै उनीहरुले २०५४ सालमा लालपुर्जा पाएका थिए । प्रत्येक घरधुरीको तीनधुर जग्गा छ । त्यही तीन धुर जग्गालाई व्यवस्थापन गरेर सबैले पक्की घर बनाएका छन् । प्रत्येक घरधुरीलाई लुमन्तीले एक लाख ऋण सहयोग गरेको छ ।
‘एक लाख दिएर घर बनाएको भन्दा पनि बस्ती व्यवस्थित भएर सबैले आफ्नो जग्गा पाएकोमा खुसी छन्’, सुकुमबासी सुधार समितिका अध्यक्ष तामाङले भने, ‘बस्तीमा पहिलाको भन्दा कायपलट भएको छ ।’
लौरीघोलको सुकुमबासी व्यवस्थापनको लागि लुमन्तीले आवास र आयआर्जन तथा रत्ननगर नगरपालिकाले घोल पुरेर सहज बनाइदिएको छ । नगरपालिकाले झण्डै १० लाख लगानी गरी घोल पुरेर सहज रुपमा घर बनाउन सक्ने व्यवस्था गरेको नेपाल सुकुमबासी सुधार समितिका अध्यक्ष फूलमान तामाङले बताए ।
सुकुमबासी व्यवस्थापन कार्यक्रमअन्तर्गत लुमन्तीमार्फत आक्का परियोजनाले ३० लाखको कोष बनाएर आकृति महिला बचत तथा ऋण सहकारीबाट न्यून व्याजदरमा ऋण दिने गरिएको छ । कोष समुदायलाई नै हस्तान्तरण गरी समुदायबाट सञ्चालन गरिएको छ । कोष र आयआर्जनको लागि सञ्चालन हुने कार्यक्रमको लागि हरेक महिलाहरु बैठक बसेर निर्णय गर्ने गरेका छन् ।

Related Posts

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

बुटवलमा तीन सङ्क्रमितको मृत्यु

Chitwan Post

करेन्ट लागेर दम्पत्तीको मृत्यु

Discussion about this post

अन‌ि यो पनि

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग
समाज

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग

काठमाडौँ । सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको...

Read more
चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध

नेपालमा थप ४९६ जनामा संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

भारतमा कोभिड तीव्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

नारायणी बचतले मनायो २४ औँ वाषिकोत्सव

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In