जगतपुर । लक्ष्मी उमावि जगतपुरमा कक्षा दसमा पढ्ने एक छात्रा स्कुलबाटै हराएकी छन् । गत असार ४ गते दिनको १२ बजे सँगै पढ्ने साथी नितु दराईसँग स्कुलबाट निस्किएकी दराई हालसम्म पनि फेला नपरेको उनकी आमा गंगादेवी अधिकारीले बताइन् ।
छोरी अप्सरा अधिकारीको खोजीका लागि माइती नेपाल र प्रहरी प्रशासनमा सूचना दिए पनि केही पत्ता नलागेको उनले बताइन् । साथी नितुसँग सोधपुछ गर्दा भारत जान्छु भनी हिँडेको नितुको भनाइ उद्र्धृत गर्दै आमा गंगाले बताइन् ।
छोरीको केटा साथी नभएकाले बिहे गरी हिँडेको हुन नसक्ने भन्दै आमा गंगादेवीले नितुको परिवार यसअघि पनि भारत बसेर आएकाले कतै उनीहरुकै योजनामा भारत पुगेको हुन सक्ने बताइन् । उनले छोरीको खोजीका सहयोग गरिदिन सञ्चारकर्मीहरुलाई समेत आग्रह गरिन् ।
यसैबीच नेकपा एमालेकी जिल्ला उपसचिव एवम् महिला अधिकारकर्मी पार्वती रावलले महिलाको सुरक्षामा राज्य नै उदासीन रहेको आरोप लगाइन् । उनले स्कुलजस्तो सार्वजनिक निकायबाट एकाएक विद्यार्थी हराउँदा पनि खोजी कार्यमा प्रहरी मुक दर्शक बन्नु दुःखदायी रहेको बताइन् ।
Discussion about this post