यसैबीच नेकपा एमाले रत्ननगर–१० वडा कमिटीले नवौं महाधिवेशनको लागि सर्वसम्मत प्रतिनिधि चयन गर्न आग्रह गरेको छ ।
चितवनको पाँचै क्षेत्रमा प्रतिनिधि चयनको लागि निर्वाचन हुने भएपछि वडा कमिटीले सर्वपक्षीय बैठक बोलाएर प्रतिनिधि चयनको काम सर्वसम्मत गर्न आग्रह गरेको हो । नेकपा एमालेका जिल्ला कमिटी सदस्य विनोद रेग्मी प्रमुख अतिथि रहनुभएको सो बैठकमा प्रतिनिधि चयनको काम सर्वसम्मत गर्न आग्रह गर्ने, पार्टीको महाधिवेशनलाई मर्यादित बनाउन नगरबाटै पहल गर्ने र महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन भूमिका खेल्नेलगायतका निर्णयहरु गरेको छ ।
वडा कमिटी अध्यक्ष श्याम श्रेष्ठको अध्यक्षतामा भएको सो बैठकमा क्षेत्र नम्बर २ का क्षेत्रीय कमिटी अध्यक्ष कृष्णकुमार डल्लाकोटी, उपाध्यक्ष रामशरण कुँवर, वडा सचिव कृष्ण श्रेष्ठ, नगर सचिवालय सदस्य पार्वती न्यौपानेलगायतले बोल्नुभएको थियो । नवौं महाधिवेशनको लागि चितवनमा आज मंगलबार प्रतिनिधि चयनको काम हँुदैछ ।
Discussion about this post