भरतपुर । चितवन Ôेत्र नं ४ मा सम्पन्न उपनिर्वाचनबाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण घिमिरेले लोकतान्त्रिक मूल्य र मान्यताभन्दा बाहिर गएर आफूले कुनै काम नगर्ने बताउनुभएको छ ।
निर्वाचित भएपछि सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै निर्धारित समयमा संविधान निर्माण र आफूले प्रतिबद्धता गरेका विकासका योजना सम्पन्न गर्ने काम पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।
उहाँले संविधानका विवादित विÈयहरूमा सहमति कायम गर्दै माघ ८ मा देशमा नयाँ संविधान जारी हुने बताउनुभयो ।
नवनिर्वाचित सभासद् घिमिरेले राजनीतिका कुरामा अल्झिएर, जालझेल गरेर जनतालाई विकासको पहँुचबाट टाढा राख्न नहुने तर्क गर्दै Ôेत्र नं ४ का आवश्यकतालाई पूरा गर्न आफ्नो भूमिका रहने बताउनुभयो ।
विस्तारै देश उच्च लोकतान्त्रिक अभ्यासको मार्गमा बढेकाले जनतालाई झुक्याउने संस्कृति हटाउने प्रतिबद्धता जनप्रतिनिधिहरूमा हुनुपर्ने भन्दै उहाँले जनताको हितको विपक्षमा कसैले जान खोजे सम्झौता नगर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । घिमिरे नेकपा (एमाले)की उम्मेदवार दिलकुमारी रावललाई तीन हजार ४६ मतान्तरले पछि पार्दै सभासद् बन्नुभएको हो । घिमिरेले विज्ञप्ति जारी गरी आफूलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।
Discussion about this post