हेटौँडा । मकवानपुर जिल्ला अदातलले हेटौँडा– ९ पशुपतिनगर बस्ने ४४ वर्षीया गौरीमाया स्याङ्तानलाई एक युवतीलार्ई भारतमा लगी बिक्री गरेको अभियोगमा १० वर्ष कैद र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले सो फैसला गरेको हो ।
दोषी स्याङ्तानले मकवानपुर भैंसे–९ बस्ने ती युवतीलाई मितिनी नाता गाँसी २०५० साल माघ १७ गते भारतको बम्बईमा पु¥याई भारु ५० हजारमा बिक्री गरेको बताइएको छ । पीडित किशोरीले भारतबाट नेपाल फर्की आएपछि २०५१ साल चैत १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । रासस
Discussion about this post