माछामार्न प्रतिबन्ध नलगाए घडियाल जोगाउन सकिदैन : निकुञ्ज

अन‌ि यो पनि

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जले माछामार्न प्रतिबन्ध नलगाए घडियाल गोही जोगाउन नसकिने जनाएको छ । माछा मार्न प्रयोग गरिने तियारी जाल र नदीमा मानवीय चापका कारण घडियाल लोप भएको भन्दै निकुञ्जले घडियाल संरक्षणका लागि माछा मार्न दिइएको लाइसेन्स खारेज गरेर पूर्ण रुपमा प्रतिबन्ध लगाउनु पर्ने जनाएको हो ।

विश्व सिमसार दिवसको अवसरमा सौराहामा आयोजित कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले माछा मार्न प्रतिबन्ध नलगाए नदीमा धेरै समय घडियाल जोगाउन नसकिने बताए । २०३५ साल यता नेपालका नदीहरुमा एक हजार ६०० वटा घडियाल छोडिएको छ । मानवीय चापका कारण नदी प्रदुर्षण तथा माछा मार्न प्रयोग गरिने तियारी जालमा परेर घडियाल मर्नेक्रम बढेको छ । २०७७ सालमा आइपुग्दा नेपालका नदीहरुमा २१५ वटा मात्र घडियाल रहेको छ । प्रमुख संरक्षण अधिकृत बरालले करोडौं रुपैया खर्च गरी उत्पादन गरी घडियाल नदीमा छाड्ने र माछामार्न लाइसेन्स पनि दिने हो भने घडियाल उत्पादन गर्नुको अर्थ नभएको बताए ।

अब धेरै समय घडियाल उत्पादन गर्न सक्ने अवस्था छैन । नदीमा आश्रित बोटे र मुसहर समुदायका १५० जनालाई निकुञ्जले माछा मार्ने लाइसेन्स दिएको छ । निकुञ्जले चाहेर पनि लाइसेन्स दिने व्यवस्था खारेज गर्न नसकिएको भन्दै प्रमुख संरक्षण अधिकृत बरालले जिल्लाका राजनीतिक दल,सांसद र संरक्षणकर्मीहरु बीचमा सहमति जुटाएर लाइसेन्स लिने व्यवस्था खारेज गर्नुपर्ने बताए ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले कार्यक्रम गरेको हो । सिमसार बारेमा प्रस्तुतिकरण गर्दै कोषका सौराहा कार्यालय प्रमुख डा.बाबुराम लामिछानेले नदीमा मानबीय चाप बढ्दै गएका कारण घडियाललगायत पानीका आश्रित जीवजन्तु संकटमा रहेको बताए ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया