ADVERTISEMENT
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

यो कस्तो शिक्षा हो ?

by चितवन पोष्ट
२०७१ असार १०, मंगलवार ०२:१० गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

धनराज गिरी
सर, त्यो कक्षामा केवल २ जना चेलीहरुका लागि पढाउन जाने हो– एउटा सहकर्मी साथी कानमा आएर फुसफुसाउँछ । सर, प्राइभेट भन्नुमात्रै हो, धनी बाउका छाडा छोराहरु क्यान्टिनमा बुङबुङ चुरोटको धूँवा उडाउँछन् । हुलिया पनि कस्तो, देख्दै घिन लाग्ने बनाएर आउँछन् । छ्या, छ्या, छ्या, के पढाउनु !– अर्को सहकर्मी ।
यहाँमात्र यस्तो हो त ? म मनमनै कल्पिन्छु । कुनै जमाना थियो, बरालिएका सन्तानलाई पिटेरै तह लगाइयो । मेरो कक्षामा एकदम अनुशासन र मर्यादा कायम हुन्थ्यो । म जाँगर लगाएरै पढाउने र नपढ्नेलाई जाँगर लगाएर ठटाउँथे । अब सक्दिनँ भनौँ भने केही दिनअघि म भित्रको पुरानो शेर फेरि जाग्यो र कक्षामा सीमाहीन र शब्दातीत अमर्यादित व्यवहार गर्ने रामभक्तहरुलाई मज्जैसित ठटाएँ । तर यो गौरवको कुरा होइन, पटक्कै होइन । म स्वयम् पनि त्यो हदसम्म जागिन परेकोमा सारै नमज्जा मानिरहेको छु । यथार्थमा मेरो सहजवृत्ति रमाइलो गर्ने हो, हाँस्ने हो र हँसाउने हो । रमाइलो रमाइलोमै विषयवस्तुको धारणा दिने हो ।
तर, आजको यो पुस्ता कता जाँदै छ हँ ? म आजै घोषणा गरिदिन्छु– बीबीएस प्रथम वर्षको हाम्रो क्याम्पसका विद्यार्थीहरु यदि सचेत भएनन् र सुध्रिएनन् भने १५ प्रतिशत पनि वार्षिक परीक्षामा उत्तीर्ण हुँदैनन् । यो लेखलाई क्याम्पस प्रशासनले, क्याम्पस सञ्चालक समितिले सिरानीमा राखोस् । कतै पढेको थिएँ, संसारभरिका विश्वविद्यालयहरु १५० वर्षका लागि बन्द गरिदिए
हुन्छ । यसो भन्ने पात्रले सायद भाङ–धतुरो खाएको तालमा यस्तो गुनासो गरेनन् होला । म पनि सोचिरहेछु, यी सारा झारपातलाई जबर्जस्ती पढाउनुको कुनै तुक छ ? पत्याउनुहुन्छ ? केही हतभागी केटाहरु क्याम्पसमा फगत् कस्ताकस्ता पुतलीहरु आउँछन् भनेर मात्र आउँछन् । कुनै दिन पनि पढाइमा ध्यान छैन । अभिभावकले सर्वस्व लगानी गरेको छ । सन्तान पाँच विषयको परीक्षा दियो भने ६ विषयमा फेल हुन्छ । आदरणीय पाठकहरु, धने बौलायो नभन्नुहोला ।
आजको यो शिक्षा कुनै कामको छैन । अहिले जोड दुई र स्नातक, स्नातकोत्तरमा पढ्ने छात्रछात्राहरु जति छन्, तीमध्ये ९० प्रतिशतलाई यो अनुत्पादक शिक्षाबाट अन्तै स्थानान्तरण गरी सीपमूलक शिक्षातिर लगाए हुन्छ । जुन–जुन देशमा जान खोज्छन्, सरकारले नै पठाए हुन्छ । साँच्ची नै पढ्न चाहने र पढ्नेले मात्रै पढे हुन्छ । जसरी छन्दमा हात बसेकाले मीठो छन्दको कविता लेख्छ, गद्यमा हात बसेकाले गद्य कविता लेख्छ, त्यसैगरी ज–जसलाई जे–जेमा रूचि छ सोहीअनुसारको विशिष्ट तालिम दिने व्यवस्था गरे हुन्छ । मेरो एउटा गायक चेलो छ, उसलाई राज्य व्यवस्थाले मज्जासित गायनको तालिम देओस् । किन घोक्ने उसले गणितका सूत्रहरु ? किन पढ्ने अर्थशास्त्र ? ए बाबा ठाकुरे, के काम छ यो शिक्षाको ? भिक्षा पनि नपाउने शिक्षा दिइरहेछौँ हामी ।
अचेल म पूरै उत्तरआधुनिक गुरू भएको छु कक्षामा, लाजै नमानी भन्ने गर्दछु– म सबैलाई बुझाउन सक्दिनँ । बुझ्न पाइन्छ भने नबुझ्न पनि पाइन्छ । परीक्षामा पास हुन पाइन्छ भने फेल हुन पनि पाइन्छ । पढ्न मन लाग्छ भने नलाग्न पनि सक्छ । कक्षामा ध्यान दिन पाइन्छ भने ध्यान नदिन पनि पाइन्छ । मानवअधिकार भएझैँ पशुअधिकार आयो । अब नयाँ विद्यार्थी अधिकार भएझैँ पशुअधिकार पाउनु, जे मन लाग्छ त्यही गर्न पाउनु उत्तरआधुनिक विद्यार्थी अधिकार हो । चेलाचेली हो, जे मन लाग्छ त्यही गर । हात्ती नपढेर सानो भएको छ र ? मेरी निरक्षर श्रीमती नै मेरो घरको विशिष्ट श्रेणीकी प्रशासक हुन् । उनले जे–जे भन्छिन्, त्यही–त्यही नगरे म मेरो गृहबाटै निलम्बित हुन्छु । भान्सासम्म म पुग्नै पाउन्नँ । त्यही भएर कपाल खौरिएर टुप्पी राखेर जनै लगाएरै सरात् गरेँ । जब कि मेरो आत्माले भन्छ– मान्छे मरेपछि च्याप्टर क्लोज । यी शतवार्षिकी, यी स्मृति दिवस, यी सालिक, यी स्मृतिगन्थ, सब निरर्थक ! टाइम पास !
छ कुनै तुक ?
धने बौलायो, होइन त ? सात दिनमा हप्तैदिन कक्षामा पढ्न आउने एउटा गौतम बुद्ध कक्षामा कुम्भमेला भर्न आएझैँ आएर बस्छ र भन्छ– सर केही पनि बुझिएन । अलि बुझाएर पढाउनुहोस् । झनन पारा तात्नुपर्ने हो मेरो, तर तात्दिनँ म । मुसुमुसु हाँस्छु । दुर्योधनको मूर्खता देखेर देवकीनन्दन हाँसेझैँ । भन्छु– प्रिय शिष्य, मैले पढाएको बुझ्न सजिलो छैन । म त्यति सजिलोसित बुझ्नेगरी पढाउन सक्ने प्राध्यापक परिनँ । मैले पढाएको बुझ्न सर्वप्रथम तिमी विशुद्ध विद्यार्थी हुनुपर्दछ । पाठ्यपुस्तक हुनुपर्दछ । घरमा वर्षदिनमा ३६५ दिन नै पढ्नुपर्दछ । २४ घन्टामा १४ घन्टा लेखपढमै बिताउनुपर्दछ । नजानेको कुरा हाताहाती अर्को दिन सोध्नुपर्दछ । पाठ्यपुस्तकभित्रका हरेक उदाहरणहरु अक्षरशः
हेर्नुपर्दछ । गणितका विशिष्ट नियम र सूत्रहरु कण्ठ हुनुपर्दछ । त्यसै बुझिन्छ र ? किन द्रोणाचार्य र अर्जुन अमर हुन्थे ? यो संसारमा कलेज जाने १० प्रतिशतले पनि पढाइमा जाँगर लगाउँदैनन् । म तिमीलाई बुझाउन भनेर जन्मिएको होइन । मलाई आदर्शवाद राम्रो लाग्थ्यो । अचेल यथार्थवादको पक्षपाती भएको छु । यथार्थमा म पढ्नेहरुलाई मात्र पढाउन सक्छु ।
विजयकुमार पाण्डेले लेखे, नारायण गोपाल दाइ भन्नुहुन्थ्यो– गीत गाउन गीत गाउनैपर्छ । म पनि भन्छु– गणित बुझ्न गणितको समस्या हल गर्नैपर्दछ । थाहा छ मलाई, धेरैले मेरा कुरा एउटा कानले सुनेर अर्को कानले उडाउँछन् । तर, म हरेस खान्नँ र भन्न
छोड्दिनँ । मलाई थाहा छ, एउटा असल र योग्य मान्छे मौन बस्ने भनेको धेरै खराब र अयोग्यहरुको मनोबल बढ्ने हो । झन्डै ३०० जना चेलाचेलीसित ४ वटा कक्षामा हरेक दिन साक्षात्कार हुन्छ । ३०० जनालाई नै सुधार्दै मेरो विषयमा उत्तीर्ण गराउँछु भन्दिनँ म, सक्दिनँ पनि । तर, यी ३०० जनामध्ये ३० जना अथवा १० प्रतिशतले मेरो अन्तरमनको भाव बुझेर असल नागरिक बने भने म आफूमात्र होइन, मेरो संस्थाको जीवन र लगानी सार्थक भएको ठान्दछु । गन्धे झारलाई तुलसी बनाउने दुस्साहस गर्दिनँ म । सायद, यो मेरोमात्र समस्या होइन । यो जिल्लामा, यो देशमा, यो संसारमा असल गुरूहरु, योग्य गुरूहरु, गुरूआमाहरु धेरै हुनुहुन्छ । उहाँहरु एकान्तमा रूनुहुन्छ । म पत्रिकामा ठोकिदिन्छु । फरक यत्ति हो । आज म राजनीतिलाई छुन्नँ । राजनीति बिचरो आफैँ रक्तक्यान्सरले ग्रसित छ, आफैँसित त्रसित छ । मरेको साँपलाई किन लाठीले हिर्काउने ? अब देश बनाउन, समाजमा आमूल परिवर्तन ल्याउन, शिक्षण संस्थाहरुका बारेमा, नयाँ पुस्ताका बारेमा फेदैबाट सोच्नुपर्ने समय आएझैँ लाग्दछ । म अलि निराश भएँ कि ? हरेक दिन जनताका छोराछोरीहरुलाई गाली गर्न मन लाग्छ र ? शान्त वातावरणमा अनुशासित, मर्यादित, अध्ययनशील, लगनशील, गुणग्राही, शालीन र सभ्य चेलाचेलीलाई पढाउने रहर यो जुनीमा पूरा नहोला त ? यो पनि नेपाली जनताले संविधानको आश गरेजस्तै हो ? कसैले सुन्ला ?

Related Posts

स्ट्रबेरी फल : एक चर्चा

कोरोना जोखिममा नेपाल, भारत र भावी परिणाम

स्ट्रबेरी फल : एक चर्चा

स्ट्रबेरी फल : एक चर्चा

यौन शिक्षा र विद्यालय

यौन शिक्षा र विद्यालय

Discussion about this post

अन‌ि यो पनि

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि
प्रमुख समाचार

थप दुई हजार ४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ४२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...

Read more
टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सामाजिक समावेशीकरणका लागि कार्यदल

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

Chitwan Post

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In