बसन्त पराजुली
भरतपुर । चितवन क्षेत्र नं. ४ मा आइतबार भएको संविधानसभाको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण घिमिरे विजयी हुनुभएको छ । उहाँले कुल २० हजार ३ सय १२ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकतम् प्रतिस्पर्धी नेकपा एमालेकी पार्वती रावलले कुल १७ हजार २ सय ७२ मत ल्याउनुभएको छ । त्यस्तै एनेकपा माओवादीका उम्मेदवार खुशीराम पाख्रिनले ७ हजार ८ सय ५५ मत ल्याउनुभएको छ । त्यस्तै फलानो.पार्टीका फलानोले यति मत ल्याई तेस्रो स्थानमा आउनुभएको छ ।
यसअघि २०७० मा भएको सो क्षेत्रको संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका सुशील कोइरालाले २१ हजार ७६० मत ल्याई विजयी हुनुभएको थियो । बाँके क्षेत्र नं. २ बाटसमेत विजयी कोइरालाले चितवन क्षेत्र नं. ४ मा राजीनामा दिएपछि यहाँ उपनिर्वाचन भएको हो ।
बिहान ७ बजेबाट सुरु भएको निर्वाचन प्रक्रिया साँझ पाँच बजेसम्म चलेको थियो । यद्यपि मतदाताहरुले मध्यान्हसम्ममा मत खसाली सकेका थिए । निर्वाचन शान्तिपूर्ण रुपमा उत्साहपूर्वक सम्पन्न भएको छ ।
क्षेत्रभरका ३१ स्थानमा रहेका ८१ मतदान केन्द्रमा मतदाताहरुको उत्साहपूर्वक सहभागिता रहेको थियो । निर्वाचनमा ७३ दशमलव १० प्रतिशत मत झरेको छ । यो संख्या गएको संविधानसभाको निर्वाचनको तुलनामा तीन दशमलव नौ प्रतिशत बढी हो ।
यस पटक यो क्षेत्रमा ६५ हजार २९९ मतदाता रहेका मध्ये ४७ हजार ७३१ मतदाताले मतदान गरेका जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत शेषकान्त अधिकारीले बताउनुभयो । खसेको मतमध्ये २६ हजार ५८७ महिला र २१ हजार १४४ पुरुषको हो ।
२०७० को संविधानसभाको निर्वाचनमा ६९ दशमलव दुई प्रतिशत मत झरेको थियो । गएको निर्वाचनमा ५९ हजार ६९३ मतमा ४७ हजार १७० मत झरेको थियो । झरेको मतमध्ये ९५ दशमलव ७४ प्रतिशत अर्थात् ४५ हजार १६० मत सदर भएको थियो ।
यो पटक यो क्षेत्रमा ४ दशमलव २६ अर्थात् दुई हजार १० मत बदर भएको थियो । विद्युतीय मेशिनबाट यो पटक निर्वाचन गरिएकाले मत बदर हुने समस्या टरेको छ ।
‘निर्वाचन उत्साह पूर्वक रह्यो’, जिल्ला निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी हरि ढकालले भन्नुभयो, ‘विद्युतीय मेसिनबाट मतदान भएपछि पनि मतदातामा यो निर्वाचनको थप उत्साह देखिएको हुनु पर्छ ।’
वृद्ध, असहायहरुले पनि निर्वाचनमा आफ्नो मतदान गर्न चुकेनन् । उनीहरुलाई रिक्सा साइकल लगायतका सवारीसाधनमा राखेर मतदान केन्द्रसम्म पु¥याइएको थियो । निर्वाचनलाई शान्तिपूर्ण र धाँधली रहित बनाउनका लागि अनुगमनको बाक्लो व्यवस्था मिलाइएको थियो ।
चितवनमा ११ वटा संघसंस्थाले ११८ जना पर्यवेक्षक खटाएर दिनभरि नै निर्वाचनको अनुगमन गरेका थिए । अनुगमनमा खटिएका इन्सेक चितवनका संयोजक मुकुन्दराज दाहालले निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाउनुभयो । ‘निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो’, अनुगमनकै क्रममा चनौलीमा भेटिएका दाहालले भन्नुभयो ।
यस्तै निर्वाचनकै अनुगमनका लागि निर्वाचन आयोगले चितवनमा आयोगकै सहसचिव लीलादेवी गड्तौला र उपसचिव लक्ष्मी हुमागाईलाई परिचालन गरेको थियो । स्थानीय प्रशासनले चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र स्थानीय विकास अधिकारी भरतराज पाण्डेको नेतृृत्वमा सरकारी कर्मचारीहरुको अनुगमन ‘टाक्स फोर्स’समेत गठन भई दिनभरि नै निर्वाचनको अनुगमन गरेको थियो ।
यस्तै प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मासहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले पनि निर्वाचनका बेला मतदान केन्द्रहरुमा पुगेर अनुगमन गरेका थिए । अनुगमनपछि प्रजिअ शर्माले चुनाव शान्तिपूर्ण र उत्साहपूर्ण भएको बताउनुभयो । ‘अघिल्लो निर्वाचनभन्दा पनि बढी मतदान भयो’, मतदाताको उत्साहपूर्वक सहभागिताका बारेमा जानकारी दिँदै उहाँले भन्नुभयो ।
मतदानलाई मौसमले पनि साथ दियो । दिनभरजसो नै शीतल भएका कारण पनि मतदाताहरुले भोट राख्न गर्मीको महसुस गर्नु परेन । विद्युतीय मेशिनबाट मतदान गरिएकाले छिटो हँुदा पनि मतदाताहरु लाइनमा लामो समयसमेत कुर्नु नपरेको पाइयो ।
‘मत पट्याएर बाक्सामा खनाउँदा समय लाग्थ्यो । तर विद्युतीय मेशिनबाट मतदान भएपछि त्यो सहज र छिटोछिटो पनि भयो’, शारदानगर उच्च माध्यमिक विद्यालयमा खटिएका मतदान अधिकृत विपिन क्षेत्रीले भने, ‘मतदातालाई विद्युतीय मेशिनबाट मतदान गर्ने बारेमा मतदाता शिक्षा प्रभावकारी नगरिँदा पनि धेरैजसो मतदाता झुक्किएको पाइयो ।’
पटिहानीको गंगानगर विद्यालय केन्द्रमा मतदान गरेका एक मतदाताले विद्युतीय मेशिनबाट मतदान गर्दा आफू अलमलमा परेको गुनासो गरे । ‘पछि मतदान अधिकृतले भनेपछि मात्रै भोट हालेर निस्किएँ’, उनले भने । उम्मेदवारको चुनाव चिन्हभन्दा तल भोट राख्ने स्विच छ भन्ने जानकारी नहँुदा धेरै मतदाता अलमलमा परेका थिए ।
Discussion about this post