ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एम्बुलेन्स चालकलाई कमिसन

by चितवन पोष्ट
२०७१ असार ९, सोमबार ०४:१९ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नेपालमा नाम चलाइएका निजी अस्पतालहरु व्यापारिक क्षेत्रभन्दा कुनै पनि मानेमा फरक देखिन छाडेको वर्षौं भइसकेको छ । यस्ता अस्पतालहरु सर्वसाधारणको पहुँचभन्दा टाढा भइसकेका छन् । स्तरीय उपचार सेवा दिने भनिएका अस्पतालहरु नितान्त कमाउने उद्देश्यबाट सञ्चालन भइरहेका छन् । मानवीय सेवा र भावना भन्ने कुरा निजी अस्पतालका लागि टाढाको विषय भइसकेको छ । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा लुट मच्चिरहँदा पनि राज्यको ध्यान पुग्न सकेको छैन । राज्यले स्वास्थ्य क्षेत्रमा मापदण्डविपरीत लुट भइरहँदा पनि त्यस्ता अस्पतालहरुलाई कारबाही गर्न सकेको छैन । निजी अस्पतालको लुटतन्त्रविरूद्ध सरकारी संयन्त्रले आँखा चिम्लिँदा दिनहुँ सयौँ बिरामीहरु उपचारका नाममा लुटिनु परेको छ । निजी अस्पतालहरुमा चिकित्सकले बिरामी सिफारिस गरेबापत निश्चित कमिसन दिने संस्कार छ । कुनै एउटा कम्पनीको औषधि सिफारिस गरेबापत गाडी र आकर्षक कमिसन दिने चलन पनि विद्यमान नै छ । एम्बुलेन्स चालकलाई एक बिरामीबापत एक हजारदेखि पन्ध्र हजार रूपैयाँसम्म कमिसन दिने गरेको खबरले अस्पतालहरुमा हुने लुटेरा प्रवृत्ति उदाङ्गो भएको छ ।
हालैमात्र राजधानीका नाम चलेका निजी अस्पतालका सञ्चालकहरुसमेत चितवन धाएर एम्बुलेन्स चालकहरुसँग कमिसनको विषयमा छलफल गरेको खबरले यतिखेर सर्वसाधारणलाई आहत बनाएको छ । उपचार सेवा सर्वसाधारणको पहुँचबाहिर रहेको अवस्थामा अस्पतालका मालिकहरुले को प्रलोभन देखाएर फकाउन आएको प्रसङ्गले सबैलाई झस्काएको छ । बिरामी बोकेर उपचारका लागि लैजाँदा बाटोमै रकमको मोलमोलाइ हुनु विडम्बना हो । स्वास्थ्य क्षेत्रमा देखिएको यस्तो रोगले भविष्यमा सर्वसाधारण कसरी उपचार गराउन सक्लान्, यो एउटा गम्भीर चिन्तनको विषय भएको छ । एम्बुलेन्स चालकलाई दिइने कमिसन अन्ततः अस्पतालले बिरामीबाटै असुलउपर गर्ने हो । विभिन्न ठाउँमा कमिसन दिएर भर्ना गरिएका बिरामीले सस्तो र सहुलियतमा कसरी उपचार सेवा प्राप्त गर्लान् ? यो एउटा सोचनीय प्रश्न हो । संवेदनशील अवस्थाका बिरामीलाई अति आवश्यकीय परीक्षणबाहेक पनि महँगा परीक्षण गर्न बाध्य बनाएर सरासर लुट्ने प्रवृत्ति डरलाग्दो छ ।
एम्बुलेन्स चालकले बिरामीलाई सम्बन्धित अस्पतालमा पु¥याएबापत निश्चित भाडा पाउँछन् । बिरामीलाई सुरक्षित रुपमा अस्पतालसम्म पु¥याउनु चालकहरुको दायित्व हो । एम्बुलेन्स सेवा सञ्चालन गर्ने संस्थाले उनीहरुका लागि सेवासुविधा दिँदादिँदै पनि कमिसनको प्रलोभनमा परेर लुटेरा अस्पतालमा बिरामी लैजानु गम्भीर लापरबाही हो । बिरामीको संवेदनशीलताभन्दा पनि कमाउने लोभमा परेर निजी अस्पतालहरुमा बिरामी पु¥याउनु दुर्भाग्य हो । पैसाकै लोभमा अस्पतालहरुले बिरामीलाई उपचारका नाममा धेरै दिनसम्म भर्ना गर्ने, आवश्यकताबिना नै एमआरआई÷सिटीस्क्यानजस्ता महँगा परीक्षण गर्न बाध्य बनाउने गर्दछन् । केही समयअघिदेखि एम्बुलेन्स चालक र सम्बन्धित अस्पतालबीचको गैरकानुनी सम्बन्ध समाचारमार्फत सार्वजनिक हुँदै आए पनि यो समस्या निर्मूल हुन सकेको छैन । सरकारले यस्ता विकृतिहरुको अन्त्य गर्नका लागि अस्पतालहरुमा नियमित अनुगमन गर्नु जरूरी छ । अस्पतालहरुबाट दिइने उपचार सेवा शुल्कको मापदण्ड बनाउन नसके भविष्यमा अस्पतालका नाममा धेरै लुटेराहरुले खुलेआम लुट्न अग्रसर भइरहने निश्चित छ  ।

Related Posts

नियमित योग गर्न सरोकारवालाको जोड

योग गरौँ, स्वस्थ रहौँ

Chitwan Post

परराष्ट्रमन्त्रीको भारत भ्रमण 

Chitwan Post

वन्यजन्तुमैत्री संरचनाको खाँचो

Discussion about this post

अन‌ि यो पनि

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन
समाज

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

चितवन, ३ माघ । रत्ननगरमा बनेको पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

Read more

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

होटल रेष्टुराँका सञ्जाल चितवनमा

होटल रेष्टुराँका सञ्जाल चितवनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In