ADVERTISEMENT
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

काठमाडौंका निजी अस्पताल संचालक चितवनमा

by चितवन पोष्ट
२०७१ असार ८, आईतवार ०३:५६ गते
in अर्थ, समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

एम्बुलेन्स चालकलाई कमिशन ः बिरामीलाई भार  
दिपेन्द्र अधिकारी
भरतपुर । राजधानीका नामी निजी अस्पतालका संचालकहरु चितवन धाउन थालेका छन् । चितवन आएर उनीहरुले एम्बुलेन्स चालकहरुलाई भेट्ने गरेका छन् । हिजो शनिबार ग्रान्डी हस्पिटलका संचालकले यहाँका एम्बुलेन्स चालकलाई एक रेष्टुरेन्टमा भेटेका छन् । हस्पिटल संचालकले आफूहरुले दिने सेवाको बारेमा जानकारी दिएको सहभागी एक एम्बुलेन्स चालकले बताए ।
यसअघि लाइफ केयर, यति, सिटी सेन्टर, अन्नपूर्ण न्यूरो, ग्रिन सिटी, मेगा अस्पताललगायतका हस्पिटलका संचालकले यहाँका एम्बुलेन्स चालकलाई भेटिसकेका छन् ।
उनीहरुले बिरामी लगेवापत के कति रकम दिने व्यवस्था छ भन्नेबारे केही बताएनन् ? भन्ने प्रश्नमा ती चालकले भने, ‘सेवाका बारेमा बताए, रकमका बारेमा खासै केही बोलेनन् ।’  उनले आफूहरुलाई फकाउनका लागि उनीहरु यहाँसम्म आएको प्रतिक्रिया दिए ।
अस्पतालका अनुसार फरकफरक रकम चालकलाई दिने गरिएको छ । राजधानीका अस्पतालले कम्तीमा पनि तीन हजार रुपैयाँ एउटा बिरामी लगेवापत दिने गरेका छन् । हस्पिटलले एम्बुलेन्स चालकलाई बिरामी ल्याइदिएवापतको रकम दिँदा आखिरमा बिरामी नै मर्कामा पर्ने हुन् ।
काठमाडौंमा रहेका निजी अस्पतालले एम्बुलेन्स चालकहरुलाई कहाँ हुनुहुन्छ भनेर दैनिक चासो लिने गरेका पनि छन् । कतै बिरामी लिएर काठमाडौं आउँदैछन् कि भन्ने आशयका साथ उनीहरुले चालकको नियमित सोधपुछ गरिरहेका हुन्छन् । ‘बिरामी लिएर यहाँबाट हिँडेको एम्बुलेन्ससँग बाटोमै रकम मोलमलाइ हुन्छ’, एम्बुलेन्स चालकहरुको संगठनका अध्यक्ष नवराज लामिछानेले भने, केही एम्बुलेन्स चालकहरु गल्ती होलान् तर यो मामलामा निजी अस्पतालहरुको पूरै गल्ती देखिन्छ ।’
उनले थप भने,‘हामीले बिरामीसँग भाडा लिएका हुन्छांै, थप पैसा दिउँला भनेर तिनैै अस्पतालले चालकलाई प्रलोभनमा पार्ने काम गर्छन् ।’ चालकलाई दिने रकम अन्ततः बिरामीकै खल्तीको हुने भन्दै आफूले आफ्नो संस्था मातहतमा रहेका चालकहरुलाई कुनै पनि निजी अस्पतालबाट पैसा नलिन र बिरामीले भनेको अस्पतालमा बिरामी लैजान निर्देशन दिने गरेको बताए ।
‘चितवन आउनुको उनीहरुको मुख्य उद्देश्य भनेको यहाँका बिरामीलाई उनीहरुको हस्पिटलमा लैजाने वातावरण बनाउन हो’, ती चालकले भने । एम्बुलेन्स चालकलाई निश्चित स्थानमा भेटेर उनीहरु पूर्ण सहयोग होस् है भन्दै राजधानी फर्कन्छन् । अन्य ठाउँबाट उपचारका लागि बिरामीहरु भरतपुर ल्याइन्छ ।
दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, क्यान्सर अस्पताल र अन्य निजी अस्पतालमा दैनिक सयांैको संख्यामा बिरामी आउने गर्छन् । धेरैजसोको यहीँ नै रोग पत्ता लगाइ उपचार सम्भव हुने गरेको छ । तर, उपचार सम्भव नभई काठमाडौं लैजानु परेमा कुन हस्पिटलमा लगिन्छ ? प्रश्नको जवाफ सहज छ । जुन अस्पतालले बिरामी लगेवापत एम्बुलेन्स चालकलाई पैसा दिन्छ, त्यहाँ पु¥याइन्छ ।
जटिल रोगका बिरामी रिफर गरेवापत यहाँका डाक्टरहरुले पनि ती अस्पतालबाट रकम बुझ्ने गरेका छन् । उपचारको नाममा बिरामीलाई अस्पतालमा धेरै दिन राखेर पैसा रित्तिएपछि बिरामी रिफर गर्ने काठमाडौंका अस्पतालहरुको चलन छ ।
राजधानीका अस्पताल कुन के कस्तो भन्नेबारे कतिपय बिरामी र तिनका आफन्त जानकार नहुनुको फाइदा एम्बुलेन्स चालकहरुले लिँदै आएका छन् । केही महिनाअघि अन्नपूर्ण पोष्ट दैनिकमा एम्बुलेन्स चालक र सम्बन्धित अस्पतालले बिरामी ल्याएवापत दिने रकमको सम्बन्धमा समाचार प्रकाशित भएको थियो ।
समाचार सार्वजनिक भएपछि राजधानीका अस्पतालले बिरामीबाट कतिसम्म लुट्छन् भन्ने प्रष्ट भयो । साथमा उनीहरुको एम्बुलेन्स चालकसँगको गैरकानुनी सम्बन्ध पनि पर्दाफास भएको थियो । यस्ता घटना  सार्वजनिक भएपछि अस्पतालले नचिनेका एम्बुलेन्स चालकसँग पैसा बार्गेनिङ गर्न छाडेका छन् ।
एक एम्बुलेन्स चालकले भने,‘बिरामी अस्पतालमा ल्याउनुहोस् अनि अरु कुरा गरौंला भन्छन् ।’
अस्पतालको नाम    चालकको भागमा
सिटी सेन्टर, कलंकी    सात हजार
ग्रीन सिटी, समाखुसी    पाँच हजार
लाइफ केयर    दस हजार
मेघा हस्पिटल    पाँच हजार
अन्नपूर्ण न्यूरो    तीन हजार
यति हस्पिटल    तीन हजार
शिवज्योति अस्पताल    पाँच हजार

Related Posts

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

संरक्षक नै गुमाएपछि…

संरक्षक नै गुमाएपछि…

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

Discussion about this post

अन‌ि यो पनि

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
राजनीति

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारबाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिस्ट पार्टी...

Read more
चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In