भरतपुर । मधुमेहका बिरामीलाई आँखामा बढी समस्या देखिने भएपछि यस क्षेत्रका सरोकारवालाहरु सचेतना कार्यक्रम गर्न थालेका छन् । मधुमेहका बिरामीलाई आँखा, मुटु, मिर्गाैलाजस्ता मह¤वपूर्ण अङ्गमा रोगको संक्रमणको जोखिम अधिक हुने भएका कारण सचेतनामा जोड दिइएको हो ।
नेपाल नेत्रज्योति संघ चितवन र मधुमेह समाज चितवनले शनिबार मधुमेहका रोगीहरुको आँखाको निःशुल्क परीक्षण र रोगको बारेमा अभिमुखीकरण गराएको छ । भरतपुरको आँखा अस्पताल परिसरमा भएको शिविरमा १७५ जनाले परीक्षण गराएका थिए ।
जसमध्ये १९ जनाको आँखाको रेटिनामा समस्या, पाँच जनालाई लेजर गरिएको र ११ जनालाई आँखाको ओसीटी परीक्षण गरिएको भरतपुर आँखा अस्पतालका सहायक म्यानेजर छाँया श्रेष्ठले जानकारी दिनुभयो ।
प्रोफेसर डाक्टर रघुनन्दन बैंजु, डाक्टर संगीता प्रधान, डाक्टर मनिसा श्रेष्ठले आँखाको परीक्षण गरेका थिए भने फिजिसियन डाक्टर भोजराज अधिकारीले मधुमेह रोगबारे जानकारी गराउनुभएको थियो ।
भरतपुर आँखा अस्पतालका सभापति चिजकुमार मास्केको अध्यक्षतामा भएको कार्यक्रममा मधुमेह समाज चितवनका सचिव केशव देवकोटा, नेपाल नेत्रज्योति संघका उपसभापति कृष्णराज धरेल, पुष्पाञ्जलि अस्पतालका महेन्द्र सिग्देललगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post