पार्वतीपुर । युराशिया रेयुकाई समाज विकास केन्द्र १७ औं शाखाले तीन महिने सिलाई–कटाइ तालिम सम्पन्न गरेको छ । पार्वतीपुर–७ रंगिलामा भएको कार्यक्रममा प्रमुख अतिथि पद्मादेवी घले रहनुभएको थियो । समापन कार्यक्रममा कमलराज कँडेल, सविता कँडेल, कमला घिमिरे, रुसन थापा राधिका लम्साललगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा प्रथम भगवती खत्री, द्वितीय गीता सापकोटा, तृतीय डिलकुमारी तामाङ, सान्त्वना मुना राई भएकी छन् । अनुशासनमा मुना कोइरालाले पुरस्कार पाइन् ।
Discussion about this post