हेटौँडा । गृह मन्त्रालयका सहसचिव एकनारायण अर्यालले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जडान गरिएको अत्याधुनिक सिसिटिभी क्यामेरा नियन्त्रण कक्षको शनिबार हेटौँडामा उद्घाटन गर्नुभयो ।
हेटौँडा बजारको २.५ किमि वरिपरि सिसिटिभी क्यामेरा जडान गरिएको छ । बजारको अग्रभागसहित चौकी टोल, कान्ति राजपथ, स्थानीय रापती रोड र वन विज्ञान अध्ययन संस्थानको परिसरमा गरी २६ वटा अत्याधुनिक क्यामेरा जडान गरिएको छ ।
जिविस मकवानपुर, हेटौँडा नगरपालिका, जिल्लाका उद्योगपति, व्यापारी, विभिन्न वित्तीय संस्था र मकवानपुर उद्योग वाणिज्य सङ्घसहितको गरी कुल रु २६ लाख ७४ हजारको लागतमा क्यामेरा जडान गरिएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भुवनलाल श्रेष्ठले बताउनुभयो ।
सो अवसरमा सहसचिव अर्यालले जिल्लामा शान्ति सुरक्षालाई चुस्त पार्न र समाजमा बढ्दो अपराध नियन्त्रण गर्न गृह मन्त्रालयले प्रमुख १० सहरमा रु दुई करोड ५० लाख अनुदान रकम निकासा दिइसकेको उल्लेख गर्दै क्यामराको जडानपछि जिल्लामा दुव्र्यसन र दुर्घटना नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभयो । उद्घाटन समारोहको सभापतित्व मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भुवनलाल श्रेष्ठले गर्नुभएको थियो । रासस
Discussion about this post