ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

by केशव भट्टराई
२०७७ माघ १३, मंगलवार २१:५७ गते
in राजनीति
0
नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही माघ १९ गते पार्टीका भ्रातृसंस्था र माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

यसैगरी, आगामी फागुन ३ गते कांग्रेस जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रबाट तोकिएका कार्यक्रमबाहेक जिल्ला कार्यसमितिलगायत पार्टीका विभिन्न निकाय र भ्रातृ एवं शुभेच्छुक संस्थाले विरोधका कार्यक्रम तय गरी सञ्चालन गर्ने बताइएको छ ।

कांग्रेसले यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध गत पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ पालिका र माघ ८ गते छ हजार ७४३ वडामा विरोध प्रदर्शन र सभा सम्पन्न गरिसकेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध माघ १२ गते राजधानीमा नागरिक समाजले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको भनी विरोध गर्दै बैठकले घाइते सबै आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यसैगरी प्रधानमन्त्रीले पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त गरिरहनुभएका अभिव्यक्ति पदको गरिमानुकूल नभएको पार्टीले जनाएको छ ।

बैठकले संसारको दोस्रो अग्लो हिमाल ‘के टु’ को सफल आरोहण गर्ने निर्मल पुर्जासहित दश नेपाली युवालाई उच्च सम्मानसहित विशेष बधाई ज्ञापन गरेको छ ।

बैठकले पार्टीको स्थानीय तह संगठन पुनर्संरचनाको समायोजन ७४ जिल्लामा पूरा गरी केन्द्रीय कार्यसमितिलाई गत पुस ३ गते लिखित जानकारी गराएकामा केन्द्रीय निर्वाचन समितिलाई धन्यवाद प्रकट गरेको छ ।

बैठकले पार्टी पदावधि समाप्त भएका भ्रातृ संस्था नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गर्ने निर्णय गरेको छ ।

विदेशस्थित पार्टीका नेपाली जनसम्पर्क समिति कतार, बहराईन, मलेसिया र साउदी अरबबाट पार्टीको विधान र नियमावलीबमोजिमको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नयाँ र नवीकरणतर्फको नामावलीको सूची र सोवापतको सदस्यता शुल्कसमेत दाखिला हुन आएकाले सो सदस्यतालाई स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ ।

कांग्रेसले प्रक्रिया पूरा गरी युरोपस्थित माल्टामा बसोबास गरिरहेका लोकतन्त्रवादी नेपालीको सक्रियतामा २०२० जनवरी २५ मा नेपाली जनसम्पर्क तदर्थ समिति गठन गरी आबद्धताका लागि निवेदनसहित आवश्यक कागजात पेश गरेकाले समितिलाई पार्टीसँगको आबद्धता प्रदान गर्ने निर्णय पनि गरेको छ ।

सभापति शेरबहादुर देउवाका सभापतित्वमा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका प्रस्ताव बैठकबाट सर्वसम्मत पारित भएको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य नरहरि आचार्यले आमआफ्नो धारणा राखेका थिए । रासस

Related Posts

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

अनेमसंघ रत्ननगर नगर कमिटी गठन

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्चको फैसला

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्चको फैसला

सरकारमा जाने नजाने महत्त्वपूर्ण कुरा होइन : नेता बाँस्तोला

सरकारमा जाने नजाने महत्त्वपूर्ण कुरा होइन : नेता बाँस्तोला

Discussion about this post

अन‌ि यो पनि

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध
राजनीति

अनेमसंघ रत्ननगर नगर कमिटी गठन

रत्ननगर । अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटी गठन गरिएको छ । आइतबार सम्पन्न प्रथम विस्तारित भेलाले विरञ्जना घिमिरे...

Read more
प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

Chitwan Post

खैरहनीमा मनाइयो महिला दिवस

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

पिठुवा खानेपानीको चौंथो साधारण सभा

पिठुवा खानेपानीको चौंथो साधारण सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In