भरतपुर । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले मंगलबार संस्थाको २३ औँ साधारण सभा सम्पन्न गरेको छ ।
संघका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा भएको साधारण सभाबाट संघको भवन निर्माण गर्ने निर्णय गरेको छ । संघको उक्त निर्णयलाई उद्योग वाणिज्य संघ चितवनले राम्रै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा सहभागी भएका उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले निजी क्षेत्रको विकास र उन्नतिको लागि वाणिज्य संघले सकारात्मक भूमिका खेल्ने बताए ।
Discussion about this post