रत्ननगर । सकुमबासी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले नेकपा फुट्दैमा सुकुमबासीलाई लालपुर्जा वितरणको काम नरोकिने बताएका छन् ।
केपी शर्मा ओली पक्षीय नेकपा र राष्ट्रिय युवा संघले मंगलबार कालिका नगरपालिकाको गैरीबारीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ज्ञवालीले सुकुमबासी भूमिहीनलाई लालपुर्जा वितरणको काम अगाडि बढिसकेकोले अब त्यो काम नरोकिने बताए ।
नेकपा फुटेपछि सुकुमबासीलाई लालपुर्जा वितरणको काम रोकिन्छ भनेर जनताका भ्रम फैलाउने काम भइरहेको भन्दै उनले पार्टी फुटे पनि लालपूर्जा वितरणको काम नरोकिने स्पष्ट पारे ।
७५३ स्थानीय तहमध्ये ४५० वटा स्थानीय तहमा सुकुमबासी र भूमिहीनलाई लालपूर्जा वितरणको प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए ।
Discussion about this post