ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

संविधानसभा उपनिर्वाचनको तयारी पूरा

by चितवन पोष्ट
२०७१ असार ७, शनिबार ०३:३० गते
in राजनीति, समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बसन्त पराजुली
भरतपुर । भोलि आइतबार हुने चितवन क्षेत्र नम्बर ४ को संविधानसभा उपनिर्वाचनको अन्तिम तयारी पूरा भएको छ । निर्वाचन गराउनका लागि हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारीहरु पुगी मतदान स्थल निर्माणको कार्यसमेत सकेका छन् ।
‘सबै कर्मचारीहरु मतदान केन्द्रमा पुगेर मतदान केन्द्रको तयारी पूरा गरिसकेका छन्’, मुख्य निर्वाचन कार्यालय चितवन क्षेत्र नम्बर ४ का नायव सुब्बा जयनारायण आचार्यले बताउनुभयो । चितवनको क्षेत्र नम्बर ४ मा ३१ स्थानमा ८१ वटा मतदान केन्द्र छन् । अहिले निर्वाचन गराउनका लागि ८१ मतदान अधिकृतसहित १६६ कर्मचारी खटिएका छन् । खटिएका कर्मचारीहरुले थप मतदाताको परिचयपत्र समेत बाँढ्न सुरू गरिसकेका छन् ।
‘हरेक मतदान केन्द्रमा सर्वदलीय बैठक राखेर मतदान केन्द्रको पूर्व तयारी अवस्था राखिएको छ’, निर्वाचनमा खटिएका एक मतदान अधिकृतले जनाए । यो पटक विद्युतीय मेशिनबाट मतदान गराइने भएकाले पनि सबै केन्द्रहरुमा यो मेशिन पु¥याइ सकिएको छ । केन्द्रमा पुगेका कर्मचारीहरुलाई निर्वाचनको लागि सहज वातावरण बनाउन राजनैतिक दलका स्थानीय कार्यकर्ता तथा स्वयम्सेवकहरुले पनि सहयोग गरिरहेका छन् ।
उपनिर्वाचनको दिन भएकाले सरकारले आइतबार चितवनमा पनि सार्वजनिक बिदा घोषणा गरेको छ भने जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरी निर्वाचन हुने क्षेत्रभित्र अनुमति प्राप्त सवारीसाधन बाहेक अन्य साधन सञ्चालनमा रोक लगाएको छ । सवारीसाधनको नियन्त्रणका लागि स्थानीय प्रशासनले चितवन क्षेत्र नम्बर ४ लाई ब्लक गरी १४ वटा नाकासमेत बनाएको छ ।
‘भित्री बाटाहरुबाट समेत सवारीसाधन सञ्चालन हुन्छन् कि भनेर हामीले निगरानी राख्ने छांै’, प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताउनुभयो । एम्बुलेन्स, दमकल तथा बिरामी बोकेको र शव बोकेका सवारीसाधनलाई भने आवागमनमा कुनै अवरोध नगराइने बताइएको छ ।
मतदान केन्द्रबाट मतपेटिका ल्याउनका लागि हरेक मतदान केन्द्रमा एक–एक वटा बसको व्यवस्था मिलाइएको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिनुभयो । ‘मतदान सकिएको एक दुई घण्टाभित्रै मतपेटिका सदरमुकाम ल्याउने तयारीमा छौं’, प्रजिअ शर्माले भन्नुभयो, ‘सुरक्षा व्यवस्था पनि मतदान पूर्व, मतदानका दिन र मतदान सकिएपछि मतपेटिका ल्याउनका लागि भनेर छुट्टाछुट्टै तीन चरणको सुरक्षा रणनीति अवलम्वन गरिएको छ ।’
निवाचनका समयमा कुनै स्थानमा समस्या उत्पन्न भए पाँचदेखि दस मिनेटभित्र थप सुरक्षाकर्मी पुग्ने व्यवस्थासमेत मिलाइएको छ । यसका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी यस पटकको निर्वाचनमा खटिँदै छन् ।
निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित बनाउनका लागि अनुगमनको व्यवस्था पनि तीव्र बनाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको संयोजकत्वमा अनुगमनका लागि विशेष टाक्स फोर्ससमेत बनाएको छ ।
जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको टोलीसमेत निर्वाचनको अनुगमनमा रहने बताइएको छ । निर्वाचनको अनुगनका लागि निर्वाचन आयोग तथा विभिन्न संघसंस्थाहरुले समेत प्रतिनिधिहरु खटाइसकेका छन् ।
यस पटकको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर ४ मा ६५ हजार २९९ मतदाता सहभागी हुनेछन् । यो संख्या गत मंसिरमा भएको संविधानसभाको निर्वाचनभन्दा ५ हजार बढी हो । निर्वाचनमा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

Related Posts

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In