देउखुरी । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुलाई सिङ भाँचिएका तिल्के गोरु भन्दै धेरै धाक नदेखाउन चेतावनी दिएका छन् ।
ओली पक्षीय नेकपा दाङले सोमबार लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा गरेको जनसभालाई सम्वोधन गर्दै उनले फेरि हिंसा सम्भव नभएको र ‘सिङ भाँचिएका तिल्के गोरु’हरुले धाक लगाउनुको अर्थ नहुने बताए ।
संविधानसम्मत ढंगले संसद् भंग गरिएको दाबी गर्दै ओलीले अब संसदलाई झाँकीजस्तो रंगीबिरंगी बनाउन नहुने बताए ।
देशमा अस्थिरता मच्चाउन चाहनेहरुले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै उनले आफूलाई काम गर्न नदिएकाले त्यस्ता तत्वलाई असफल पार्न नै चुनाव घोषणा गरेको दाबी गरे ।
‘म असफल भए केही हुँदैन तर देश असफल हुँदैन, जसरी पनि चुनाव हुन्छ र हुनुपर्छ’– उनले भने । वैशाखमै निर्वाचन गर्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले प्रहरी प्रशासनको सहयोगबिनै चुनाव जित्ने बताए । स्रोत : सिस्ने अनलाइन/दाङ
https://www.youtube.com/watch?v=afkvp37Dc_U&feature=emb_title
Discussion about this post