भरतपुर । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, चितवनका अध्यक्ष सुरवीर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरी चुरे संरक्षण क्षेत्र घोषणा खारेज गर्न पाँचबुँदे माग राख्नुभएको छ ।
महासंघले वातावरण संरक्षण ऐन २०५३ को दफा १० मा गरिएको व्यवस्थाअनुसार प्राकृतिक सम्पदाको सूचीमा सूचीकृत सम्पदाहरुको संरक्षण, दुर्लभ वन्यजन्तु, जैविक विविधता र सांस्कृतिक एवम् धार्मिक मह¤वका क्षेत्रहरुको संरक्षण क्षेत्र घोषणा गर्न सक्ने गरी गरिएको व्यवस्थालाई गलत व्याख्या र दुरुपयोग गरिएको आरोप लगाएको छ ।
यस्तै विज्ञप्तिमा अध्यक्ष पोखरेलले प्राकृतिक स्रोतहरु व्यवस्थापन गरिरहेका समुदाय र सरोकारवालासँग परामर्श नगरी संरक्षण क्षेत्र घोषणा गर्ने र विकास समिति गठन गर्ने कार्य गरिएकाले दुवै कार्य तत्काल खारेज हुनुपर्ने माग राख्नुभएको छ । उक्त कार्य खारेज नभएसम्म निर्णयविरुद्ध संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।
Discussion about this post