धादिङ । मिस धादिङको नाममा ठगी गरेको आरोपमा धादिङको धुनिबेँसी नगरपालिका वडा नं ७ खानीखोलाबाट दुई जना पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा इलामका कमल खतिवडा तथा ललितपुरका हिमाली सुब्बा रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । उनीहरु दुवै जना मिलेर केही दिनदेखि मिस एण्ड मिसेस धादिङ नामको प्रतियोगितामा सञ्चालन गर्दै आइरहेका थिए ।
इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपा थापाका अनुसार पक्राउ परेकाहरुले शनिबार राति एक युवतीलाई मिस धादिङ बनाइदिने भन्दै उनका परिवारबाट तीन लाख रुपैयाँको चेक लिँदै गर्दा स्थानीयवासीले धार्केबजारबाट नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।
पक्राउ परेका दुवै जनाले रकम लिनु बाध्यता भएको स्वीकार गरिसकेकाले प्रतियोगिताका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post