ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा

–कुलप्रसाद काफ्ले

by केशव भट्टराई
२०७७ माघ ११, आईतवार १७:१२ गते
in प्रमुख समाचार
0
कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा
8
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क भइसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले आइतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले देश बचाउने र बनाउने जिम्मेवारी राप्रपामा आएको उनले बताए । सनातन हिन्दु राष्ट्र र राजसंस्था सहितको लोकतन्त्रको एजेन्डालाई लिएर राप्रपा सशक्तरुपमा जनताको माझमा जाने उनले बताए ।

‘जनता कम्युनिस्ट र काँग्रेसबाट वाक्कदिक्क भएका छन्’, उनले भने, ‘जनताको मन जित्न जनताको घर दैलोमा जानुपर्छ ।’ पार्टीले देशभर तीन लाख सक्रिय सदस्य बनाउने लक्ष्य राखेको उनले बताए । नेकपाले शक्ति प्रदर्शनका नाममा देशलाई मुठभेडतर्फ धकेलेको उनले बताए । नेकपाकै कारण देशमा अस्थिरता र अराजतकता सिर्जना हुने खतरा बढेको उनको भनाइ छ ।

अराजकता बढ्दै जाँदा राष्ट्रियतामाथि नै खतरा बढ्ने उनले बताए । ‘आफ्नो स्वार्थका लागि शक्ति प्रदर्शन गर्ने नाममा अदालतलाई प्रभावित पार्ने काम गर्दा संविधान नै धरापमा पर्न सक्छ’, उनले भने । देशलाई संकटबाट मुक्त गर्न आफ्नो पार्टीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

संविधान र सर्वाेच्च अदालतलाई नधम्काउन उनले दलहरुलाई समेत आग्रह गरे । ‘संविधानले नै संवैधानिक विवादको निराकरण गर्ने जिम्मा सर्वाेच्च अदालतलाई दिएको छ’, उनले भने, ‘संविधान निर्माणमा भूमिका खेलेको भनिएकाहरुले नै सर्वाेच्चलाई धम्काउने, तर्साउनेलगायतका गतिविधि गरेका छन् ।’ सर्वाेच्चलाई अनुचित प्रभाव पार्नु भनेको संविधानको मूल्य र मान्यतालाई कमजोर बनाउनु रहेको उनले बताए । विदेशीको चलखेल तीव्र रुपले बढेको भन्दै उनले ०६२/६३ पछि अवलम्बन गरिएको बाटोले गर्दा अहिले देश संकटमा परेको बताए ।

राप्रपा फुटको सिकार हुन्न

अब उप्रान्त राष्ट्रिय प्रजान्त पार्टी कहिल्यै पनि फुटको शिकार नहुने अध्यक्ष थापाले बताए । ‘गत बर्ष नै पार्टीका अर्का अध्यक्षहरु पशुपति समशेर राणा र डा प्रकाश लोहनी समेतले गितालाई छोएर पार्टीलाई कहिल्यै फुट्न नदिने घोषणा गरेका छौँ’, उनले भने, ‘हाम्रो एकताको बारेमा निश्चिन्त रहन आग्रह गर्न चाहन्छु ।’

राप्रपाले लिएको विचारले मात्रै देशलाई बचाउन र बनाउन सक्ने उनले दाबी गरे । हिन्दु राष्ट्रको पहिचानलाई मेटाएर धर्म निरपेक्षता लादिएको भन्दै उनले देशलाई बचाउन धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताए । ‘प्रजातन्त्रलाई बचाउने हो भने, राष्ट्रियता जोगाउने हो भने राजसंस्था सहितको लोकतन्त्र उपयुक्त छ’, उनले भने ।

Related Posts

सोमबार २४४० जना संक्रमित, निको हुने ११३३

थप ८१ मा सङ्क्रमण पुष्टि

जनमुखी कार्यक्रम चलाउँदै स्थानीय तह

जनमुखी कार्यक्रम चलाउँदै स्थानीय तह

‘विपदमा रेडियोको भूमिका महत्त्वपूर्ण’

चितवनका प्रत्येक स्वास्थ्य संस्थामा खोप उपलब्ध

Discussion about this post

अन‌ि यो पनि

सोमबार २४४० जना संक्रमित, निको हुने ११३३
प्रमुख समाचार

थप ८१ मा सङ्क्रमण पुष्टि

काठमाडौँ, १५ फागुन (रासस) । देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा...

Read more
जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

जेलमुक्त चेपाङ समुदायको आयआर्जनको लागि बोयर बोका वितरण

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

हेटौंडाले जित्यो भेटेरान कपको उपाधि

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In