भरतपुर । भरतपुर २ स्थित भानुमार्गमा शुक्रबार नारायणगढ लेडी जेसीजको आफ्नै भवनमा अभिमुखीकरण एवं अफिसर्स तालिम सम्पन्न भएको छ ।
नारायणगढ लेडी जेसीजका अध्यक्ष जेसी सम्झना प्रधानको अध्यक्षता एवं पूर्वअध्यक्ष पूर्णिमा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको तालिममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
तालिममा मनिषा थैव श्रेष्ठ प्रमुख प्रशिक्षक रहेकी थिइन् भने रिता गौतमको संयोजकत्वमा तालिम समापन भएको थियो ।
Discussion about this post