भरतपुर । नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता पहिचान सर्वेक्षण सुरु भएको छ । कोपिला नेपाल संस्थाले सुरु गरेको सर्वेक्षण चैत १५ गतेसम्म गर्ने जनाएको छ ।
सर्वेक्षण गर्न हरेक स्थानीय तहमा ५ स्वयंसेवक खटिने छन् । कोपिला नेपाल संस्थाले सन् २०२० को नोभेम्बरदेखि अपाङ्ता भएकाको बाहिर परेका लागि समावेशीकरण परियोजना ३८ महिना चल्ने छ ।
कोपिला नेपालका नवलपुरका स्थानीय संयोजक सागरमणि ढुंगानाले परियोजनालाई सफल बनाउन सर्वेक्षणले सघाउने बताए । सर्वेक्षणको प्रतिवेदन सम्बन्धित स्थानीय तहलाई बुझाइने बताए ।
सर्वेक्षणले अपाङ्गता भएका व्यक्तिको ठेगना, पारिवारिक स्थिति, आवश्यकतालगायतका सूचना एकीकृत गर्ने बताए । नवलपुरका ४ नगरपालिका र ४ गाउँपालिकामा कोपिला नेपालले अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई लक्षित गरी परियोजना चलाएको छ ।
हरेक स्थानीय तहमा एक सामुदायिक सहजकर्ता छन् । सर्वेक्षणकै आधारमा स्थानीय सरकारले नीति तथा कार्यक्रम बनाउन पनि सहयोग पुग्ने बताए ।
Discussion about this post