रत्ननगर । चितवन केरा उत्पादक संघको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन यही माघ १७ गते रत्ननगरमा हुने भएको छ ।
निपनीस्थित होटल स्टार व्यन्क्वेटमा हुने अधिवेशनले संघको आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने महासचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक वेदप्रसाद भट्टराईले जानकारी दिए ।
साधारण सभा तथा अधिवेशन बिहान १० बजे उद्घाटन हुने कार्यक्रम तय भएको छ । अधिवेशनले अध्यक्षसहित पदाधिकारी तथा सदस्य गरी १२ जना प्रत्यक्ष निर्वाचित गर्ने र दुई जना मनोनित र एक जना निर्वतमान अध्यक्ष गरी १५ सदस्यीय कार्यसमिति तथा तीन सदस्यीय लेखा समिति निर्माण हुने महासचिव भट्टराईले जानकारी दिए ।
अधिवेशनमा ५०० बढी व्यावसायिक केरा किसानहरुले सहभागिता जनाउने छन् । साधारण सभामा वार्षिक प्रतिवेशन, आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजनामा छलफल गरी पारित गर्ने योजना रहेको अध्यक्ष घननाथ महतोले जानकारी दिए ।
Discussion about this post